न्यूज टुडे
राजविराज,१२ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णास्वरन गाउँपालिका – २ मा मंगलबार धम्म श्रवण बौद्ध विहार व्यवस्थापन समिति गठन गरिएको छ । बनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम पुजन कुमार चौधरीको अध्यक्षता तथा (भिक्षु प्रज्ञारत्न) भिम बहादुर तामाङको विशेष उपस्थिति सम्पन्न एक भेलाद्वारा छोटेलाल चौधरीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो ।
गठित समितिको उपाध्यक्ष सुर्यमान तामाङ, सचिबमा मन्जु कुमारी चौधरी, कोषाध्यक्षमा दुर्गानन्द चौधरी चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा केशव चौधरी, कानानदेवी चौधरी तथा संरक्षण सदस्यमा वन उपभोक्ता समितिका अध्यक्ष राम पुजन कुमार चौधरी रहेका छन् ।
भेलाले (भिक्षु प्रज्ञारत्न) भिम बहादुर तामाङ, महावीर प्रसाद चौधरी, सोतिलाल माझी, जंगल खंग श्याम कुमार चौधरी गरि पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको नवगठित समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
सामुदायिक वन क्षेत्र भित्र रहेको मनोरम प्रकृति दृष्यले भरिपूर्ण स्थलमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रचुर सम्भावना देखिएकाले समिति गठन गरि अगाडि बढेको उनले जानकारी दिए ।
वन क्षेत्रको संरक्षण, विभिन्न जरीबुट्टीसहितको बृक्षारोपन,विशाल बुद्ध मुर्ति स्थापना, मधेस प्रदेशकै प्रथम बिपसना ध्यानकेन्द्र, पिकनिक स्पोर्ट्स लगायतका पूर्वाधार निर्माण गरि पर्यटकको आक्रमणको केन्द्रको रुपमा विकास गर्ने सोचकासाथ व्यवस्थापन समिति गठन गरिएको अध्यक्ष चौधरीले बताए ।