• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनचेतना मावि स्वर्ण स्तम्भ अनावरण
न्यूज टुडे
राजविराज,०९ जेठ ।
सप्तरीको अग्नीसाइर कृष्णासरन गाउँपालिका १ मा अवस्थित श्री जनचेतना माध्यमिक विद्यालय  घोघिदहा भवानीपुर ५० बर्ष पार गरेको अवसरमा विद्यालय परिसरमा निर्मित स्वर्ण स्तम्भ अनावरण गरिएको छ ।  जनचेतना स्वर्ण महोत्सव २०८२ मुल आयोजक समितिद्वारा शनिबार आयोजित एक भव्य समारोहका वीच स्तम्भ अनावरण गरिएको हो ।
उपाध्यक्ष कल्पना कुमारी चौधरीबाट प्रशंसा पत्रसहित सम्मान ग्रहण गर्दै पत्रकार बृजमान तामाङ । फोटो : न्यूज टुडे
मुल आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाइर कृष्णासवन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले स्वर्ण स्तम्भ अनावरण गरे ।
उक्त अवसरमा विद्यालयको विकासमा अतुलनीय योगदान पुर्‍याएकोप्रति उच्च मुल्यांकन गर्दै विभिन्न क्षेत्रका दर्जनौं व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।  प्रमुख अतिथि अध्यक्ष चौधरी, विशिष्ट अतिथि उपाध्यक्ष कल्पना कुमारी चौधरीले उनीहरुलाई प्रशंसा पत्र, गम्छाद्वरा सम्मान गरे ।।
कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, पूर्व प्राध्यापक , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा बर्तमान अध्यक्ष, महोत्सवको अवसरमा आयोजित विभिन्न अनतर विद्यालय स्तरीय प्रतियोगिता सहभागी उत्कृष्ट छात्रछात्र सम्मानित भएका छन् ।
पाँच दिवसीय स्वर्ण महोत्सव समापन समारोहलाई प्रमुख अतिथि  अध्यक्ष चौधरी, विशिष्ट अतिथि उपाध्यक्ष चौधरी, पूर्व गाउँपालिका उपाध्यक्ष मिना चौधरी, वडा नम्बर १ का वडाध्यक्ष सबकुल खलिफा, पूर्व प्रधानाध्यापक रामदेव चौधरी,डा. ललित नारायण मण्डर, विजय कुमार सिंह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
शिक्षक संजय योन्जन र कोशिला चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत मुल आयोजक समितिका सचिव अशोक कुमार चौधरीले गरेका थिए भने  विद्यालयको प्रगति विवरण प्रधानाध्यापक श्याम कुमार चौधरीले