• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तेस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मोरङको सतिसाले स्पोर्टिङ क्लबलाई

तेस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मोरङको सतिसाले स्पोर्टिङ क्लबलाई
शिवप्रसाद आचार्य 
फत्तेपुर,०८ जेठ ।
तेस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी मोरङको सतिसाले स्पोर्टिङ क्लबले जितेको छ। सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित  सहिद स्मृती रङशालामा शुक्रवार सम्पन्न फाइनल खेलमा बसाह ११ उदयपुरलाई   शून्यका बिरुद्व १ गोल गर्दै सतिसाले उपाधी चुमेको हो।
उपविजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्दै बसाहा उदयपुरका खेलाडीहरु । फोटो : न्यूज टुडे
बिजयी टीमका लागि सतिसालेका जर्सी न ११ का फागुराम थारुले दोस्रो हाफ को ६४ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलको उतार्धमा बसाहले पेनाल्टी सुटआउटको  मौका प्राप्त गरे पनि बिदेस खेलाडी अब्दुल्लाह हजचितले गोल गर्न नस्कादा दोस्रोमा सिमित भयो। खेलको जीतसंगै सतिसालेले नगद २ लाख ट्रफी प्रमाण पत्र प्राप्त गर्यो भने उपबिजेता भएको बसाहाले नगद एक लाख प्राप्त गर्यो।
खेलमा बसाहाका खेलाडी सुदिप श्रेष्ठ म्यान अफ दि म्याच भए भने बेस्ट गोल किपर सतिसालेका बिपुल मगर घोषित भए। खेलमा हाइ स्कोर सतिसाले कै फागुराम थारु भए भने बेस्ट प्ल्येयर सिजल राई भए । 
प्रतियोगितामा उदयपुर ,सप्तरी ,सुनसरी ,रौतहट,सर्लाही ,सिन्धुली,मोरङका गरि कुल ८ टीमको सहभागिता रहेको आयोजक सस्था सप्त्कोसी  नगर खेलकुद समितीका अध्यक्ष सुरज खड्काले बताए। बिजेता खेलाडीलाई प्रमुख अतिथी सप्त्कोसी नगरपालिकका मेयर कृष्ण प्रसाद ढकाल ,उपमेयर रिता  कुमारी चौधरोले पुरुस्कार बितरण गरेका थिए।