• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेती पक्राउ

सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेती पक्राउ
न्यूज टुडे
राजविराज,०८ जेठ । 
सप्तरी उधोग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती पक्राउ परेका छन् । बैकिङ्ग कसुरको आरोपमा शुक्रबार महासचिव संचेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजविराज ६ लंकाटोलकी अभिलाषा सिंहले चेक अनादर सम्बन्धि जाहेरी दिएपछि संचेतीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका संचेती विरुद्ध बैकिङ्ग कसुर मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराज म्याद थप गर्न पठाइएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए । अदालतबाट थप म्याद लिएर उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
यस सम्बन्ध सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालूप्रसाद अग्रवालसंग बुझ्ने प्रयास गर्दा फोन उठेन । संघका कार्यालय सचिब ललित झाले अध्यक्ष बाहिर गएको तथा आफू समेत सदरमुकाम बाहिर नै भएकोले महासचिव संचेती पक्राउ बारे जानकारी पाएपनि के- कति कारणले पक्राउ गरेको बारे  राजविराज पुगेर उनीसँग भेटर बुझेपछि मात्र थप कुरा भन्न सकिने बताए । 
पछिल्लो पटक सप्तरी प्रहरीले जिल्लाका युवा तथा उधोगी व्यवसायीमाथि धरपकड बढाएको छ ।