• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जलवायु परिवर्तन हानिकारक कृषि अभ्यास सम्बन्धि जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया 

जलवायु परिवर्तन हानिकारक कृषि अभ्यास सम्बन्धि जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया 
न्यूज  टुडे
राजविराज,२६ जेठ ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बसविट्टी मुसहरनियामा मंगलबार जलवायु परिवर्तन हानिकारक कृषि अभ्यास सम्बन्धि जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । केयर नेपालको सहयोग एवम् राष्ट्रिय कृषक समुह महासंघ नेपालको सहकार्य तथा बाबा मुक्तेश्वरनाथ कृषक समुहद्वारा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित मोहनपुरमा आयोजित र्‍याली तथा अन्तरक्रियामा सहभागीहरु । फोटो : न्यूज टुडे
बाबा मुक्तेश्वरनाथ मन्दिर प्राङ्गणबाट स्थानीय भाषामा नारा उल्लेख गरिएको प्लेकार्डसहित विभिन्न गाउँटोल परिक्रमा गरिएको थियो । 

‘धुवाँ होइन मल बनाऔं : किसानको खेत हराभरा बनाऔं, खुल्ला गोबर खुल्ला रोग:व्यवस्थित गरे वाँच्छ लोग, पोखरी तलाउ पैनी जोगबू : खडेरी से बचू, जलवायु मैत्री अभियान आफ्नो बछु : जलवायु परिबर्तन रोग खडेरी से बचू, किसान सव जागल अछी: जलवायु मैत्री खेती अपनाउअछि, पानी के बचत करु : वेकाम मे प्रयोग नै करु, लारपुवार जलाबै छि : जमिनके उर्वर शक्ति घटावैछी, कच्चा गोबर नै फ्याकु : यसै कम्पोस्ट मल बनाबू, स्थानीय बीउ विजनके प्रयोग करु: फजुल खर्च से बचू,झपुवा विधि से खेती करु : खर्च और बहुत मिहिनेत से बचू, पोली हाउस बनाबू : बेमौसमी तरकारी उब्जाऔं, कम्पोस्ट मलके प्रयोग करु : जमिनके उर्वर शक्ति बढाऔं’ सहितका नारा लगाउँदै र्‍याली प्रदर्शन गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
जलवायु परिबर्तनले उत्पादनमा कमी आउँदा किसानहरुको बालीनाली क्षति सहनु परेकोले किसानहरूमा यसको प्रभावबाट बच्न जागरुकता आओस् भन्ने उदेश्यले र्‍याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राम प्रसाद चौधरीले बताए । उनले बालीनालीमा लाग्ने किटनाशक औषधिको प्रयोग नगर्ने तथाकम्पोस्ट मलको प्रयोग गर्न जनसमुदायलाई जनचेतना जगाउने विश्वास व्यक्त गरे । 
कृषक समुहको सचिव समेत रहेका जलवायु च्याम्पियन शिव नारायण यादवले र्‍याली तथा अन्तरक्रिया कार्यक्रमले किसानहरुमा कम्पोस्ट मलको उपयोगीता बारे प्रोत्साहनमा मद्दत पुग्ने बताए । 
राष्ट्रिय कृषक महासंघ रुपनी गाउँपालिका अभियानता चन्द्रशेखर मण्डलले जलवायु परिबर्तनले पारेको प्रभाव र जलवायु मैत्री कृषी उत्पादनमा वृद्धि ल्याउने कार्यक्रमको उदेश्य रहेको बताए । 
मोहनपुरमा निकालिएको जनचेतनामूलक र्‍याली । फोटो : न्यूज टुडे
र्‍याली तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय कृषक महासंघ रुपनी तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी फिल्ड सुपरभाइजर किरण प्रदेशी र रुपनी गाउँपालिकाकी सुपरभाइजर सुलचना साहले गरेकी थिइन् । 
जलवायु मैत्री गाउँ परियोजना कार्यक्रम अन्तर्गत आयोजित र्‍याली तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि विज्ञ, पत्रकारसहित बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो । 
यसैगरी अग्नीसाईर कृष्णसवन गाउँपालिका ६ स्थित मोहनपुरमा समेत  मंगलबार र्‍याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको राष्ट्रिय कृषक महासंघ रुपनी तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी फिल्ड सुपरभाइजर किरण प्रदेशी जानकारी दिइन् ।