• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्वाधार अभावमा  खुल्ला आकाशमुनीबाट सेवा प्रवाह गर्दै  आधारभूत स्वास्थ्य केन्द्र को. मधेपुरा 

पूर्वाधार अभावमा  खुल्ला आकाशमुनीबाट सेवा प्रवाह गर्दै  आधारभूत स्वास्थ्य केन्द्र को. मधेपुरा 
रामनाथ यादव
राजविराज , ०६ जेठ ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र काे. मधेपुरा पूर्वाधार अभावमा खुल्ला आकाशमुनी संचालन गर्न बाध्य भएको छ ।  भवन अभावका कारण स्वास्थ केन्द्रले खुल्ला आकाशमुनी सेवा प्रवाह गर्न बाध्य भएको हो ।
स्वास्थ्य सेवा केन्द्र को. मधेपुराको निर्माणाधीन भवन । फोटो : न्यूज टुडे
भाैतिक संरचनाकाे अभावका वीच खुल्ला आकाशमुनी स्वास्थ्य सेवा दिदै आएको  स्वास्थ्य सेवा केन्द्र प्रमुख विष्णुदेव साहले बताए ।  भाडामा संचालनमा रहेको कार्यालयमा ६ महिना देखि ट्युबवेल विग्रेकाे हुँदा अरुकाे घरवाट पानी ल्याउनुपर्ने अवस्था रहेकाे उनले जानकारी दिए ।
‘स्वास्थ्य सेवा केन्द्र  संचालनमा रहेको भाडाको कार्यालय पनि  जिर्ण अवस्थामा रहेकाे  छ’ उनले भने, ‘स्वास्थ केन्द्र  नाै वर्ष देखि भाडामा कहिले कर्मचारीकाे घरमा त कहिले अरुकाे  झुपडी घर भाडामा लिएर कार्यालय संचालनमा ल्याएका छौ ।  आवश्यक पूर्वाधार अभावमा कार्यालय बाहिरबाट भएपनि स्वास्थ्य सेवालाई  निरन्तरता दिएको छौँ ।’
‘व्यवस्था फेरिए ,जनप्रतिनिधि फेरिए तर जनताले  पाउने आधारभुत सेवा उस्तै रहेको छ’ स्थानीय सेवाग्राही ताराचन साहले  भने,’आधारभूत स्वास्थ्य सेवा केन्द्र काे.मधेपुरा , वि.स. २०७५ सालकाे चुनावपछि स्थानीय तहमा एक वडामा एक स्वास्थ्य सेवा केन्द्रकाे स्थापना एवम् संचालन गर्ने प्रवधान गरिएपनि  स्थापना देखि नै भाैतिक संरचना अभावकाे समस्या झेल्दै आएको छौँ ।’
आवश्यक सेवा सुविधा तथा ‘अनुकूल वातावरणसहित सेवा प्रवाह गर्न वडा अध्यक्ष राेशन सिंहलाई संस्थाका कर्मचारीले पटकपटक ध्यानाकर्षण  गराउदा समेत सुनुवाइ नभएको उनले गुनासो गरे । 
स्थानीयले उठाएको समस्या समाधानमा आलटाल गरेको आरोप खेप्नु परेको  भन्दै अब  स्वास्थ्य सेवा केन्द्र आफनै भवनमा विहिवार देखि सञ्चालनमा ल्याउने वडा अध्यक्ष सिंहले जानकारी दिए। प्रदेश सरकारको विशेष अनुदान तथा गाउँपालिकाको लागत साझेदारीमा करिब पचास लाख रुपैयाँ खर्चेर निर्माण गरिएको उक्त भवनबाट अब स्थानीय नागरिकले  स्वास्थ्य सेवा पाउने उनले बताए । 
स्वास्थ्य संस्था सार्न स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति , संचालन समिति , वडा समिति , जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय वुद्विजिवी,राजनीति दल,समाजसेवी ,पत्रकार ,  सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा  नयाँ  स्वास्थ्य संस्थाकाे भवनमा स्वास्थ्य संस्था सार्ने छलफल भएको वडा अध्यक्ष सिंहले जानकारी दिए ।