सप्तरीको अनिरुद्ववती माध्यमिक विद्यालय राजविराजमा सोमबार एकदिने शिक्षक पुनरताजगी तालिम आयोजना गरिएको छ । प्रधानाध्यापक संघ नेपाल ( प्यान)द्वारा तालिम आयोजना गरेको हो ।
sah
तालीममा सहभागीहरु । फोटो : न्यूज टुडे
प्रधानाध्यापक संघ नेपाल (PAN) नगर कार्य समिति राजविराजकाे अध्यक्ष सतिसचन्द्र झाकाे अध्यक्षता तथा राजविराज नगरपालिका शिक्षा अधिकृत भाेगेन्द्र प्रसाद यादवकाे प्रमुख आतिथ्यमा तालिममा आयोजना गरिएको थियो ।
उदेश्य शिक्षक सुधार याेजना ,वार्षिक कार्ययाेजना,दैनिक कार्य याेजना,प्राेजेक्ट वर्क,घरमा वच्चाहरुका लागि सिकाउने हाेम वर्क,बाल क्लव वार्षिक कार्ययोजना ,परीक्षा व्यवस्थापन ,अतिरिक्त क्रियाकलाप,खेलकुद व्यवस्थापन ,पुस्तकालय व्यवस्थापन कार्ययाेजना लगायत बारे तालिम सिकाइएको थियो ।
राजविराज नगरपालिका अन्तर्गत रहेको ४२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक एवम् सहयोगी शिक्षकहरु सहभागी तालीमको सहजीकरण वरिष्ठ शिक्षा अधिकृत भाेगेन्द्र प्रसाद यादव,केशाे अनिरुद्ववती मावि राजविराजका प्रधानाध्यापक याेगेन्द्र प्रसाद यादव,भगवती विक,लक्ष्मण मेहता,निरज कुमार सिंहले गरेका थिए ।
प्यानका सचिव गंगा प्रसाद यादवद्वारा संचालित कार्यक्रममा स्वागत सह-सचिव दिपक देवले गरे ।