• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीसहित मधेसका जिल्लाहरुमा महिलाहरूले धुमधामको साथ मनाए बर्साइत

सप्तरीसहित मधेसका जिल्लाहरुमा महिलाहरूले धुमधामको साथ मनाए बर्साइत
न्यूज टुडे
राजविराज,०३ जेठ ।
सप्तरीसहित मधेसका जिल्लाहरूमा शनिबार महिलाहरूले वटसावित्री (बर्साइत) पर्व धुमधामलको साथ मनाएका छन् । पतिको दीर्घायु सुस्वास्थ्य तर परिवारको सुख शान्तिका कामना गरी वरको रूखको पेदमा बिधिवत पुजा गरेर धुमधामले उनीहरुले वटसावित्री पर्व मनाएको हुुन् ।
जेठ कृष्णपक्षको आमावस्याको दिन तराई मधेसका विवाहिता महिलाहरू ब्रत बसी वरको रूखको फेदमा विभिन्नकिसिमकाफलफूल,मिठाइँ,दूध,लावा,खिर,सिन्दुर,पिठार चढाएर धुमधामले पुजा गरेर व्रत वसेर मनाएको स्थानीय ६७ वर्षिया सुनिता झाले बताइन्।
यो व्रत सावित्री र सत्वानको प्रेम र समर्पणको कथासंग आधारित छ । राजा अश्ववपतिका छोरी सावित्रीले वनमा बस्ने सत्यवान प्रति समर्पित भएर विवाह गरेकी थिइन् । सावित्रीको अटल प्रेम,त्याग र समर्पणका कारण मरेको पतिलाई जिवित पारिएको कथासँग यो व्रत जोडिएकोले परापूर्व कालदेखि महिलाहरूले यो व्रत लिदै आएको राजविराज ७ कि ५५ वर्षिया रंजु देवले बताइन् ।
यो व्रतले पति पत्नी प्रतिको प्रेम सम्मान र समर्पण मात्र नभएर त्यागको पाठ समेत सिकाएको नव विवाहित खुश्बु देवले बताइन् । ´यस पुजामा भनिने कथाले पति र पत्नीले जीवन यापन गर्दा गर्नुपर्ने कर्तव्य बोध गराएको छ भने यश व्रतमा गाईने गीतहरूले पनि जीवन खुशीले बाँच्न सिकाएको छ ।’ उनले भनिन् ।
नवविवाहिता महिलाले पतिको घरबाट आएको पहिरण लगाएर पतिकै घरको सामाग्री चढाएर खास गरि माइतीघरमा पुजा गर्ने चलन रहेको छ । विवाहको पहिलो वर्ष पति र पत्नीसँगै बसेर यो पुजा गरेपनि विवाह पछिका वर्षहरूमा महिलाले एक्लै यो पुजा गर्दै आएका छन् ।