न्यूज टुडे
राजविराज,०४ जेठ ।
सप्तरीमा सवारी दुर्घटना परी गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ८ का ५५ बर्षीय कलुवा भन्ने हनिफ मिया उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित विष्णु मन्दिर टोलमा पूर्वतर्फ जाँदै गरेको प्र.२-०१-००१ त १७१३ नम्बरको मिंयाले चलाएको नम्बर नखुलेको मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते मिंयाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए ।
उक्त दुर्घटनापछि फरार रहेका ट्याक्टरका धनी रुपनी गाउँपालिका ६ का शिव नारायण महतोलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएका छन् । पक्राउ परेका महतोमाथि सवारी ज्यान मुद्दा कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको डिएसपी पुरीले बताए ।
यसैगरी चोरीको आरोपमा प्रहरीले ७७ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजविराज ५ का बर्ष २० का कृष्णा रौनियार, १७ नम्बर वडाका दिपेश भन्ने अमरनाथ यादव, बर्ष १८ का अजय सदा,बर्ष २१ का मोहम्मद खुसे, ६ नम्बर वडाका बर्ष १८ का जयकान्त चौधरी,सोही स्थानका बर्ष १८ का रितेश चौधरी र छिन्नमस्ता गाउँपालिका ४ का बर्ष २० को आवित्य राउत छन् ।
उनीहरुले राजविराजका पान पसल, विभिन्न व्यक्तिको घरको ताल्चा फुटाएर सरसामान चोरी गरिको आरोप छ । पक्राउ परेका उनीहरु विरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।