• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यातायात व्यवसायीहरुले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्न मीठो बोली र सफा खाना खुवाउनु पर्ने बताएका छन् ।
बैशाख २७ देखि ३० गते सम्म पोखरामा आयोजित नेपाल माइक्रो तथा बस कम्पनी प्रा.लि.को सातौ अधिवेशनबाट निर्वाचित कार्यसमितिको सम्मानमा संघीय राजधानी काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले बानी र व्यवहारद्वारा मुलुकको सार्र्वजनिक क्षेत्र सुधार्नु पर्ने बताएका छन् । सार्वजनिक यातायातको सफलताका लागि व्यवसायी र यात्रु दुवै आ–आफ्नो स्थानमा अति नै महत्वपूर्ण पक्ष मानिन्छन् । व्यवसायीले सेवा सञ्चालन गर्दा मात्र यात्रुले यात्रा गर्न पाउने र यात्रु आउँदा मात्र व्यवसाय सञ्चालन सम्भव हुने भएकाले एक विना अर्को अधुरो अपुरो बन्ने अवस्था आउँछ । यस्तो वास्तविकता रहँदा पनि सार्वजनिक यात्राका क्रममा यात्रुहरुले अनेक प्रकारका समस्या र कष्ट भोग्नु पर्ने अवस्था हटिसकेको छैन । लामो दूरीको यात्राका क्रममा खाना खानुपर्दा यातायात स्टाफका लागि विशेष व्यवस्था हुने तर पैसा तिरेर खाना खान बसेका यात्रुहरुका लागि फरक प्रकारको खाना दिने गरेको गुनासो कम सुनिदैन ।
यस्तै ठूला चाडपर्व तथा यात्रुको चाप बढी रहने गरेका बखत बढी भाडा असुल्ने निर्धारित वास्तविक भाडा मात्र दिन चाहने यात्रुलाई ‘सिट छैन’ भन्दै फर्काउने, कोचमकोच गरेर यात्रु चढाउने, सवारी साधनमा सरसफाईको कमी लगायत अनेक प्रकारका कमजोरी पक्ष रहने गरेका छन् । सार्वजनिक यातायातलाई ‘यात्रुमैत्री’ तुल्याउनुका लागि यस्ता कुराहरु प्रति विशेष ध्यान दिनु पर्ने आवश्यकता छ ।