• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिरहुतमा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन

तिरहुतमा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन
न्यूज टुडे
राजविराज,३१ बैशाख।
सप्तरी तिरहुत गाउँपालिकाका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरिने भएको छ । नेपाल युथ फाउन्डेसन नेपालले सिईपी परियोजना अन्तर्गत गाउँपालिकाका १३ वटा सामुदायिक विद्यालयमा शुक्रबारदेखि स्वयंसेवक शिक्षक परिचालन गरिने भएको हो । 
 एक शैक्षिक सत्र(एक वर्षका) लागि निशुल्क १६ जना स्वयंसेवक शिक्षक जेठ १ गतेदेखि बिद्यालयहरूमा परिचालन गर्ने युथ फाउन्डेसनले जनाएको छ ।
सुनसरी,मोरंग,बारा लगायत विभिन्न जिल्लाका महिला ९ र ७ पुरूष गरि जम्मा १६ जना स्नातक र स्नातकोत्तर अध्ययन गरेका युवा स्वयंसेवक शिक्षकलाई काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेसनको समन्वयमा विश्व बिद्यालयकै प्रोफेसर मार्फत तीन दिने वेसिक पेडागोजी एण्ड क्लासरूम मेनेजमेन्ट फर स्कुल भोलेन्टियर तालिम दिएर विद्यालयका बिद्यार्थीहरूको शैक्षिक गुणस्तरीय बृद्धिका लागि परिचालन गरेक‍ो नेपाल युथ फाउण्डेसन नेपालका शिक्षा कार्यक्रम संयोजक उमेश रेग्मी जानकारी दिए ।
यस पालिकामा ३ वटा माध्यमिक र १० वटा आधारभूत गरि जम्मा १३ वटा विद्यालय रहेकोले मविमा २/२ जना र आधारभूतमा १/१ जना स्वयंसेवक शिक्षक परिचालन गर्ने योजना भएपनि बिद्यालयको आवश्यकता अनुसार संख्या घटबढ गर्न सकिने उनले बताए । 
´स्वयंसेवक शिक्षकहरूले एक शैक्षिक सत्रमा सफलतापूर्वक भोलेन्टियर पूरा गरेपछि उनीहरूले चाहेको विषय देशभरी जुनसुकै युजिभर्सीटीमा अध्ययनका लागि अवार्ड स्कोलरशीप दिएर नेपाल युथ फाउन्डेसनले पढाइदिने सम्झौता भएको उनले जानकारी दिए । 
शैक्षिक उपलब्धिमा गुणस्तर बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेकोले आइटी, बिज्ञान ,गणित,अंग्रेजी लगायत विषयसँगै अतिरिक्त क्रियाकलाप गराएर विद्यार्थीलाई निपुण बनाउने योजना रहेको उनले बताए । 
 स्वयंसेवक शिक्षकहरू परिचालन गरेको उद्देश्य प्राप्त भयो भने एक वर्ष पछि पुनः यसैगरी अर्को लटको स्वयंसेवक शिक्षकहरू ब्यवस्थापन गर्न सकिने उनले बताए ।  संस्थाका सहयोगमा एक शैक्षिक सत्रका लागि पालिकाको सबै विद्यालयमा एकैपटक यति संख्यामा स्वयंसेवक शिक्षक परिचालन भएको  जिल्लाकै लागि ऐतिहासिक र उदाहरणीय भएको तिरहुत गाउँपालिकाका अध्यक्ष बिजय कुमार  यादवले बताए ।  ‘यसबाट विद्यार्थी र विद्यालयले भरपुर उपयोग गर्न सक्नुपर्छ।’ उनले भने
यस फाउन्डेसनले यस पालिकामा शिक्षाको चौतर्फी बिकासका लागि लामो समयदेखि यसपालिकाको  पाँचवटै वडामा सामुदायिक सिकाइ केन्द्र निर्माण गरि विद्यार्थीहरूका लागि निशुल्क शिक्षा, बालबालिकाका लागि पोषणयुक्त दिवा खाजा र एसइई दिने विद्यार्थीलाई निशुल्क ट्युसन लगायत कार्यक्रम संचालन गर्दै आएको छ । 
विद्यालयको आवश्यकता अनुसार कक्षा कोठा,शौचालय निर्माण गरि आवश्यक कक्षा कोठाका लागि फर्निचर लगायत सामाग्री समेत प्रदान गर्दै आएको नेपाल युथ फाउन्डेसनका कार्यक्रम संयोजक ललित गहतराजले जानकारी दिए ।