• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मानव सेवा आश्रमको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सप्तरीमा

मानव सेवा आश्रमको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सप्तरीमा
न्यूज टुडे
राजविराज,३१ बैशाख । 
मानव सेवा आश्रमको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सप्तरी राजविराज पुगिरहेको छ । काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी  शुरु गरेको उद्धार यात्रा बिहीवार राजविराज आइपुगेको हो ।
सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मानव सेवा आश्रमले पूर्वीनाका  जेठ २२ गतेसम्म देशव्यापी रूपमा अभियान सञ्चालन गरेको यात्रामा सहभागीहरुले बताए ।
सप्तरीको रुपनी तथा हुलाकी मार्ग हुँदै बिहिबार नै सिरहा तर्फ प्रस्थान गर्ने सहभागीहरुले जानकारी गराएका छन् । 
सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि योागदान पुर्याउँदै आएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी, आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्माको नेतृत्वमा २५ जना स्वयंसेवकले मेची महाकाली यात्रामा सडक मानवहरूको उद्धार गरी जिल्लास्थित आश्रमहरूमा राख्ने बताइएको छ । 
मुलुकको ७७ वटै जिल्लाबाट आफन्तको साथ गुमाएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार एवं तिनको मानवोचित व्यवस्थापन गराउँदै आइरहेको आश्रमको सातै प्रदेशका १९ जिल्लामा २३ वटा शाखा सञ्चालनमा छन् ।