• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार साहले आफनो छोरीको जन्मोत्सवको अवसरमा गरे शैक्षिक सामग्री वतरण

पत्रकार साहले आफनो छोरीको जन्मोत्सवको अवसरमा गरे शैक्षिक सामग्री वतरण
न्यूज टुडे 
राजविराज,३० वैशाख ।
 पत्रकार ओम प्रकाश साहले आफनी ६ वर्षीय छोरी ओरिसाको जन्म दिनको अवसरमा १५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरि मनाएका छन् । राजविराज नगरपालिका वडा नम्बर–६ स्थित बहिरा बालक विद्यालयमा अध्ययनरत १५ जना बालबालिकाहरुलाई बुधबार छोरी ओरिसाको छैठो जन्म दिनको अवसरमा सो सामग्री वितरण गरेको हो ।
 विद्यालयमा अध्य्यनरत अति विपन्न तथा असाय १५ जना बालबालिकालाई ८ दर्जन कोपी ६० थान डटपेन ,६० थान पेन्सिल, कटर, इरेजर सहितका सामग्री प्रदान गरिएको ओरिसाका आमा रिता कुमारी साहले जानकारी दिइन् ।
 २०७७ बैशाख ३० गते कोरोना महामारी विश्वभर फैलिएको बेला जन्मिएका ओरिसाको पहिलो जन्मोत्सवमा कोरोनाकालका नै रहेको बेला एक विपन्न र कारोना पीडित परिवारलाई एक महिना पुग्ने गरी खाद्यान्न वितरण गरेका थिए ।
यस्तै दोश्रो जन्मोत्सवमा जनता आधारभूत विद्यालय भंगहामा चारजना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका थिए । तेश्रो पटक श्री राजोबती माध्यमिक विद्यालय कुशहाका चार, चोथौ पटक जनता राष्ट्रिय दलित आधारभूत विद्यालय लहरनियामा ४५ तथा पाँचौ पटक जनता आधारभूत विद्यालयका १४ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरी साह दम्पतीले छोरी ओरिसाको जन्मदिन मनाएका हुन् ।
जन्मोत्सवको अवसरमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले जन्म दिन तथा बैवाहिक वर्षगाठहरु ठुला बडा परिवारले होटलमा गएर लाखौ रकम खर्च गर्ने गरेकोले यस किसिमको पत्रकार साहले आफनै छोरीको जन्म दिनको अवसरमा विगत देखि नै शैक्षिक सामग्री वितरण गर्दै आएको तथा गरिब बालबालिकाहरुलाई सानो राहतले पनि शिक्षा आर्जन गर्न सहयोग हुने बताए ।
 नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समेत रहेका पत्रकार ओम प्रकाश साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको प्रमुख आतिथ्यमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, वडा नं. ६ का सदस्य दीपक शर्मा, विद्यालयका प्रधानाध्यापक चाँदनी यादव सहितकाले शैक्षिक सामग्री वितरण गरेका थिए ।