• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बुल डोजर चलाए कडा प्रतिरोध गर्ने सुकुम्बासीको चेतावनी

बुल डोजर चलाए कडा प्रतिरोध गर्ने सुकुम्बासीको चेतावनी
न्यूज टुडे
राजविराज,३० बैशाख ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमा डोजर चलाए प्रतिरोध गर्ने सप्तरीका सुकुम्बासीहरुले चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई बुधबार ज्ञपनपत्र बुझाउदै सुकुम्बासीहारुले यस्तो चेतावनी दिएको हो । 
अखिल नेपाल सुकुम्बासी संघ सप्तरीका अध्यक्ष प्रथमलाल रामको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका सुकुम्बासीहरुले प्रजिअ पोखरेललाई बुझाइएको ज्ञापनपत्र भुमिहीन दलित, सुकुम्बासी,अव्यवस्थित बसोबासी बस्तीमा डोजर आतंक बन्द गर्न जोडदार माग गरिएको छ । 
सर्वोच्च अदालतको आदेशपछि पनि काठमाडौ र कोहलपुरका सुकुम्बासीबस्तीमा डोजर चलाएप्रति असन्तुष्टि जनाएको ज्ञापनपत्रमा  घोर निन्दा गर्दै उक्त सरकारी कदमको भर्त्सना गरिएको छ । 
सरकारले संविधान विपरीत आवास हक तथा घरबासको नागरिकको मौलिक अधिकारको हनन गर्दै सुकुम्बासीहरुलाई उठिबास लगाउँदा समेत् मानवअधिकारवादी संघसंस्थाहरु मौन बसेको भन्दै ज्ञापनपत्रमा आक्रोश व्यक्त गरिएको छ । 
काठमाडौ र कोहलपुरका सुकुम्बासी बस्तीमा चलाइएको डोजर आतंकको विरोधमा र देशभर डोजर आतंक रोक्न अखिल नेपाल सुकुम्बासी संघको आयोजनामा बिहीबार पूर्वपश्चिम मेची- महाकाली राजमार्गमा चक्काजाम आव्हान गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।