सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले अर्गानिक कृषि उपजको उपभोगले कुपोषण न्यूनीकरणमा सहयोग पुग्ने भएकोले यसको उपयोगमा जोड दिएकी छिन् । केयर नेपालको सहयोग तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहकार्यमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा मंगलबार राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा संचालित पोषण परियोजनाले आयोजना गरेको कृषि तथा पोषण मेला प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
पुरस्कृत विभिन्न समुहका प्रतिनिधि तथा अतिथिगण । फोटो : न्यूज टुडे
प्रदर्शनी मेला उद्घाटन गर्दै कार्यबाहक अध्यक्ष चौधरीले किसानहरुले उत्पादन गरेको स्थानीय कृषि उपज देख्दा खुशी लागेको बताइन् । उनले प्रदर्शनीले किसानहरूमा पोषण युक्त कृषि उपज उत्पादन गर्न हौसला मिल्ने विश्वास व्यक्त गर्दै स्वच्छ र सुरक्षित खानेबानीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन।
पोषण परियोजनाले मानव स्वास्थ्यमा सहयोग पुग्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्यबाहक अध्यक्ष चौधरीले कार्यक्रममा गरिएको लगानीको उपयोग गरि लाभ लिने दिशातर्फ सक्रिय हुन आग्रह गरे । पोषण परियोजनाले किसानहरुलाई व्यवसायीक खेती तर्फ आकर्षण गराएको उल्लेख गर्दै उनले परियोजनालाई थप विस्तार गरि निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
गाउँपालिकाले किसानप्रति समर्पित भएर योजना ल्याएको र सामुहिक अर्गानिक खेतीका लागि किसानले लिजमा लिएको जमिनको भाडा गाउँपालिकाले बुझाएको बताउँदै काबा अध्यक्ष चौधरीले अझै किसानलाई थप सुविधा बढाउँ दै जाने प्रतिबद्धता व्यक्त गरिन ।
अर्गानिक खेती तर्फ आकर्षण बढेकोमा खुशी हुदै उनले अर्गानिक कृषि उपजको उपभोगले गाउँपालिकामा कुपोषण न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन ।
प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले कृषिमा महिला सहभागीता बढेको भन्दै खुशी व्यक्त गरे । उनले पोषण परियोजनाले बालबालिकामा कुपोषण न्यूनीकरण हुने तथा बालमृत्यु दर कमी आउने हुँदा अर्गानिक कृषि उत्पादनमा जोड दिए ।
परियोजनाका कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पण्डितले मेलाको उदेश्य बारे प्रकाश पार्दै विषादी मुक्त अर्गानिक खेती र पोषण युक्त खानामा किसानलाई प्रोत्साहन गर्न मेलाले टेवा पुग्ने बताए ।
कार्यक्रममा अग्नीसाइर कृष्णासवन गाउँपालिकाकी कृषि शाखा प्रमुख चन्द्ररेखा कुमारी चौधरी, पत्रकार बृजमान तामाङ, प्रतिनिधि सभा सदस्यका उम्मेदवार अगुवा किसान टीकालक्ष्मी चौधरी, अमसोत सामुदायिक कृषि सहकारी संस्थाकी अध्यक्ष सरिता योन्जन, आदर्श दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष प्रेमलाल न्यौपाने, प्रबन्धक बोधराज सुवेदी, सहलेश कृषि समुह सितापुरका अध्यक्ष महावीर प्रसाद चौधरी, स्वास्थ्य चौकी सितापुरका प्रतिनिधि राम कुमार अधिकारी, साविक सितापुर गाविसका अध्यक्ष वसन्त कुमार चौधरी, स्थानीय बुद्धिजीवी कुशेश्वर प्रसाद चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त अवसरमा वडा नम्बर १ का अध्यक्ष सवजुल खलिफा, २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ५ का कार्यबाहक अध्यक्ष हरि खंग, राष्ट्रिय कृषक समुह संघकी केन्द्रीय सदस्य सुमित्रा देवी चौधरी, चाँदनी बजार व्यवस्थापन समिति का अध्यक्ष दिपेन्द्र कुमार चौधरी, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख, संचारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कृषक समुहका अगुवा कृषकहरुको सहभागिता थियो ।
राष्ट्रिय कृषक समुह महासंघ नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष रामानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा १० वटा समुहलाई उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिएको थियो ।
उक्त प्रदर्शनीमा चौफाल महिल्ल कृषक समुह वडा नम्बर २ चौफाल प्रथम, विपन्न महिला कृषक समुह वडा नम्बर ६ महुली दोश्रो, भवरा महिला कृषक समुह वडा नम्बर २ तेस्रो र बैदेही महिला कृषक समुह वडा नम्बर ४ बनौलीले सान्त्वना स्थान प्राप्त गरेको छ ।
यसैगरी कोसिका महिला कृषि समुह वडा नम्बर २ पाँचौ, ससिया महाराज महिला कृषक समुह वडा नम्बर २ छैठो, लालिगुराश महिला कृषक समुह,वडा नम्बर ३ सातौं, चौतारी महिला कृषक समुदाय वडा नम्बर २ आठौं,सरस्वती महिला कृषक समुह वडा नम्बर ४ नवौं र महुली माता महिला कृषक समुह वडा नम्बर १ ले दशौ स्थान हाँसिल गरेको परियोजनाका कृषि तथा बजारीकरण सहजकर्ता धन कुमारी मगरले जानकारी दिइन ।
उन्तीस कृषक समुहद्वारा कृषि उपज प्रदर्शनीमा १० उत्कृष्ट भएका समुहका प्रतिनिधिहरुलाई गम्छा ओढाएर सम्मान गरि मायाको चिनो प्रदान गरिएको परियोजनाकी गाउँपालिका सहजकर्ता अनुजा चौधरीले बताइन् ।
परियोजनाका कृषि बजारीकरण अधिकृत संजय कुमार पण्डितद्वरा संचालित कार्यक्रममा स्वागत राष्ट्रिय कृषक समुह महासंघ नेपाल मधेस प्रदेशका लेखा समिति संयोजक श्याक कुमार चौधरी गरे ।