• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मावि भुर्की सितापुरको एसइई परिक्षामा उत्कृष्ट नतिजा

मावि भुर्की सितापुरको एसइई परिक्षामा उत्कृष्ट नतिजा
न्यूज टुडे
राजविराज, २९ बैशाख । 
श्री सुदनवती देवीलाल फुलमन्ती जनता माध्यमिक विद्यालय अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ भुर्की सितापुरले एसइई परिक्षा २०८२  मा गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरद्वारा सोमबार राती प्रकाशित नतिजा अनुसार ८० प्रतिशत विद्यार्थी उतिर्ण गरि मावि भुर्की सितापुरले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । 
विद्यालयबाट एसइई परिक्षा २०८२ मा सहभागी भएका ७० जना विद्यार्थी मध्ये ५६ जना विद्यार्थी उतिर्ण भएको विद्यालयका प्रधानाध्यापक कुलानन्द चौधरीले बताए । 
उनका अनुसार ३.६१ देखि ४.०० जिपिए ग्रेड ‘ए प्लस १ जना,३.२१  देखि ३.६० जिपिए ग्रेड’ ए´ ३ जना` २.८१ देखि ३.२० जिपिए ग्रेड ‘बि’ प्लस २६ जना २.४१ देखी २.८० जिपिए ग्रेड ‘बि’ २५ जना र २.०१ देखि २.४० जिपिए ग्रेड ‘सि’ प्लस १ जना गरि कुल ५६ जना उतिर्ण भएका छन् ।
परिक्षामा सहभागी विद्यार्थी मध्ये ८० प्रतिशत विद्यार्थी उतिर्ण भएको प्रधानाध्यापक चौधरीले जानकारी दिए ।