सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी बजारमा मंगलबार कृषि तथा पोषण मेला प्रदर्शनी आयोजना गरिएको छ । केयर नेपालको सहयोग र अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहकार्यमा राष्ट्रिय कृषक महासंघ नेपाल गाउँपालिका समितिद्वारा संचालित पोषण परियोजनाले कृषि तथा पोषण मेला प्रदर्शनी गरेको हो ।
विरुवामा पानी लगाएर कृषि तथा पोषण प्रदर्शनी मेला उद्घाटन गर्दै गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी । फोटो : न्यूज टुडे
मेलामा अग्नीसाइर कृष्णासवरन गाउँपालिका अन्तर्गत विभिन्न वडाका कृषकहरुले उत्पादन गरेको अर्गानिक कृषि उपज तथा पोषण सुरक्षाका लागि आवश्यक कृषि उत्पादनहरु प्रदर्शनीमा राखिएको थियो ।
राष्ट्रिय कृषक समूह महासंघ अग्नीसाइर कृष्णासव्रन गाउँपालिकाद्वारा आयोजित मेलामा पालिकामा क्रियाशिल २९ वटा महिला कृषक समुहले उत्पादन गरेको तरकारी, दलहन, अन्नसहित कृषि उपज मेलामा प्रदर्शनी गरिएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पण्डितले बताए ।
मेलामा फर्सी,लौका,घिरौला,बोडी,भिन्टी,गोलभेडा, तिते करेलो, गाँजर,परवल,खुर्सानी,मकै,विभिन्न प्रजातिका सागपात, कुरनी,लसुन, प्याज, केरा,लिची, आँप, कागती,पिँडालु, मुसुरो,मटर, लहर दाल, चामल, गहुँ, मकै, गड्यौला मल, लगायतका कृषि उपज तथा अण्डा, स्याउ, अंगुर, आयोनुन सहितका पोषण सामाग्री प्रदर्शनीमा राखिएको उनले बताए ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल अग्नीसाइर कृष्णासव्रन गाउँपालिकाका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदर्शनीमा सहभागी प्रथम, दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने तथा उत्कृष्ट कृषक समुहलाई गम्छा ओढाएर सम्मानसहित पुरस्कार स्वरुप मायाको चिनो प्रदान गरिको थियो ।
अग्नीसाइर कृष्णासव्रन गाउँपालिका २ स्थित चाँदनी बजारमा आयोजित उक्त प्रदर्शनी मेलामा गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, वडा नम्बर १ का अध्यक्ष सवजुल खलिफा, २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ५ का कार्यबाहक अध्यक्ष हरि खंग, राष्ट्रिय कृषक समुह संघकी केन्द्रीय सदस्य सुमित्रा देवी चौधरी, मधेस प्रदेश लेखा समिति संयोजक श्याम कुमार चौधरी, अग्नीसाइर कृष्णासवन गाउँपालिकाकी कृषि शाखा प्रमुख चन्द्ररेखा कुमारी चौधरी, पत्रकार बृजमान तामाङ, प्रतिनिधि सभा सदस्यका उम्मेदवार अगुवा किसान टीकालक्ष्मी चौधरी, चाँदनी बजार व्यवस्थापन समिका अध्यक्ष दिपेन्द्र कुमार चौधरीको उपस्थिति थियो ।
यसैगरी अमसोत सामुदायिक कृषि सहकारी संस्थाकी अध्यक्ष सरिता योन्जन, आदर्श दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष प्रेमलाल न्यौपाने, प्रबन्धक बोधराज सुवेदी, सहलेश कृषि समुह सितापुरका अध्यक्ष महावीर प्रसाद चौधरी, स्वास्थ्य चौकी सितापुरका प्रतिनिधि राम कुमार अधिकारी, साविक सितापुर गाविसका अध्यक्ष वसन्त कुमार चौधरी, स्थानीय बुद्धिजीवी कुशेश्वर प्रसाद चौधरी ,कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख, संचारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कृषक समुहका अगुवा कृषकहरुको सहभागिता थियो ।