न्यूज टुडे
राजविराज,२८ बैशाख ।
सप्तरीमा अपहरण शरीर बन्धक र अपमानजनक व्यवहार कसुर मुद्दामा एक युवक पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका १ घरभई हाल राजविराज नगरपालिका ३ बस्ने बर्ष २७ को मुस्तकिम मिँया सोमबार पक्राउ परेका हुन् ।
पीडितको किटानी जाहेरी अनुसार पक्राउ परेका मिँया समेतले अपहरण गरि एकान्त ठाउँमा लगि शरीर बन्धक बनाई डरत्रास देखाई कुटपिट गरि जोर- जबर्जस्ती गरेको आरोप छ । शरीरको कपडा खोली नांगो बनाई भिडियो समेत बनाएर यातना दिएको पीडितले जाहेरी दिएपछि खोजतलास गर्ने क्रममा मिँयालाई राजविराज ८ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अदालतबाट पक्राउ पुर्जी दिई रितपूर्वक उनलाई पक्राउ गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत सप्तरी जिल्ला अदालत राजविराजबाट अपहरण शरीर बन्धक र अपमानजनक व्यवहार कसुर मुद्दामा ७ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।
मिंया आफू जेनजी आन्दोलनका अगुवा भएको दावी गरी जिल्लामा विभिन्न गतिविधि संचालन गर्दै आएको थिए ।