न्यूज टुडे
कन्चनरुप ,१५ बैशाख ।
पञ्चकन्या मन्दिरको १२ औं बार्षिक उत्सव सम्पन्न भएको छ । सप्तरीको कन्चनरुप नगरपालिका १२ रुपनगरमा अवस्थित मन्दिरको मंगलबार आयोजित एक समारोहका वीच बार्षिक उत्सव सम्पन्न भएको हो ।
श्रावणपुरमा २०७१ साल बैशाख १५ गते स्थापना गरिएको प्रसिद्ध पञ्चकन्या मन्दिरमा बर्ष पिच्छे बार्षिक उत्सव मनाउदै आएको पञ्चकन्या मन्दिरका अध्यक्ष अमर श्रेष्ठले बताए ।
बार्षिक उत्सवमा देवीको आरधनाका लागि पण्डित खेमराज कोइरालाको नेतृत्वमा रहेका पुरोहितहरुले चण्डी पाठ , हवनहरु गरेका थिए ।देवीको मन्दिरमा पुजापाठ गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो ।
पौडाहा देउराली सामुदायिक बन र निकुरी टिकुरी सामुदायिक बनको संगम स्थल ढिम्कीमा रहेको पञ्चकन्या मन्दिर बार्षिक उत्सवको दिन भब्य मेला समेत लाग्ने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
हरियाली बन , मनोरम दृष्यले गर्दा पनि पञ्चकन्या मन्दिरमा पुजापाठ गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गरेको स्थानीय मेघराज श्रेष्ठले जानकारी दिए ।