• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनगरमा पञ्चेवाजा बजाउने तालीम
उत्तम आचार्य 
कन्चनरुप , १५ बैशाख ।
सप्तरीको रुपनगरमा पञ्चेबाजा बजाउने तालिम शुरु भएको छ । नेवा : देय: दवु कन्चनरुप नगर कार्य समिति कन्चनरुप १२ रुपनगर , बस्तिपुरको आयोजनामा  तथा कन्चनरुप नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । 
तालिम उद्घाटन समारोहमा सहभागीहरु । फोटो : न्यूज टुडे
नेवा समाज गूठी भवन रुपनगर , बस्तिपुरमा  मंगलबार आयोजित एक समारोहका वीच नगर प्रमुख ललन प्रसाद गुप्ताले सनाई बजाएर र उप प्रमुख मुना कुमारी पोखरेलले झ्याम्टा बजाएर पञ्चेबाजा तालिमको उद्घाटन गरे।
तालिम उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले लोप हुँदै गएको भाषा , संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउदै पञ्चकन्यालाइ साक्षि राखेर पञ्चेबाजा तालिमको उद्घाटन हुनु नगरकै गौरवको विषय रहेको बताए ।
उप प्रमुख मुनाकुमारी पोखरेलले लोप हुँदै गएको पञ्चेबाजालाई जगेर्ना गर्न आवश्यक भएको हुनाले आफ्नो पहलमा नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा तालिम शुरु भएको बताइन ।
नेवा : देय दवुका पुर्व अध्यक्ष जित बहादुर श्रेष्ठ लगायतका वक्ताहरुले मौलिक धरोहरका रुपमा रहेको पञ्चेबाजाको संरक्षण , सम्बर्द्धन र लोप हुन नदिनका लागि नेवा समाजले तालिमको आयोजना गरेको बताएका थिए ।
प्रशिक्षकको रुपमा सिन्धुलीका संचिता थापा मगर , पार्वती थापा मगर र ममता श्रेष्ठ रहेका छन भने तालिममा अधिकांश रुपमा महिलाहरुलाई सहभागी गराइएको आयोजकले बताएको छ । लोप हुँदै गएको पञ्चेबाजा तालिमको उद्घाटनले नगरवासीमा खुशी छाएको तालिममा सहभागीहरुले बताए । 
सोही अवसरमा नेवा समाजका धरोहरका रुपमा रहेका शंखधर साख्वाको शालिकमा माल्यार्पण समेत गरिएको थियो ।
नेवा : देय दवु कन्चनरुप नगर कार्य समितिका अध्यक्ष कौशल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन पेशल जोशीले गरेका थिए ।