• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फत्तेपुरमा भव्यताको साथ मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस

फत्तेपुरमा भव्यताको साथ मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
शिव प्रसाद आचार्य
फत्तेपुर,२० चैत । 
६९ औ राष्ट्रिय सहकारी दिवस फत्तेपुरमा शुक्रबार भब्यताका साथ मनाइएको छ । त्रीयुगा सहकारी सस्थाको आयोजना तथा सप्तकोसी नगरपालिकाको सहकार्यमा दिवस मनाइएको हो । 
उक्त अवसरमा सहकारीकर्मीहरुले फत्तेपुर बजारमा प्रभातफेरी गरि कोणसभा गरेका थिए। स्थानीय भगवती मन्दिरमा समपन्न कोणसभामा बक्ताहरुले सहकारीले स्थानीय स्तरमा पुर्याएको सेवामाथी प्रकाश पारेका थिए।
प्रभातफेरीमा विभिन्न भेष भुशामा सजिएका स्थानीयले  नेवारी ,थारु,तामाङ ,राई समुदायको झाकी प्रदर्शन गरेका थिए। 
कार्यक्रममा नगर भित्रका सामुदायिक बिधालायमा आधारभुत तहमा अध्यनरत बिधार्थिको हाजिरिजवाफ प्रतियोगिता पनि आयोजना  गारिएको थियो।
 हाजिरीजवाफ प्रतियोगितामा जनहित राप्राबि गङाजली प्रथम,माबि ओद्राहा द्वितीय र जनता माबि भगनी तृतिय भएको सस्थाका ब्यब्स्थापक दिपक कार्कीले बताए।
 बिजेतालाई नगदसहित पुरुस्कार प्रदान गरिएको थियो।