मेलामा विभिन्न संघसंस्थाहरुले पानी, लगायतका पूजा सामग्रीहरु निशुल्क वितरण गरिएको थियो । उक्त मन्दिरमा बोका परेवा, कुखुरा लगायतका बली दिने गरिन्छ । मन्दिरमा बली प्रदान गर्नाले मनकामना पूरा हुने विश्वासको साथ देश विदेशबाट हज्जारौंको संख्यामा भक्तजनहरुको घुइँचो लाग्ने गरेको मन्दिरका पुजारी प्रदिप कुमार मण्डलले जानकारी दिए ।
धार्मिक उद्धेश्यका साथै पिकनिक र घुमघामका लागि कजला ठाकुर मन्दिर आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको स्थानीयले बताए । यसको संरक्षण तथा प्रबर्द्धनका लागि स्थानीय स्तरबाट जुट्नु अपरिहार्य रहेको उनीहरुले भनाइ छ ।
धार्मिक,साँस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको कजला ठाकुर मन्दिर प्राचीन कालमा स्थापना भएको विश्वास गरिन्छ । नव वर्ष जुडसितलको शुभ अवसरमा प्रत्येक बर्ष बैशाख २ गते मेला लाग्दै आएको स्थानीयले बताएका छन् ।
कजला ठाकुर मन्दिरमा भाकल गरेमा आंफुले सोचेको मागेको पुरा हुने जनविश्वास रहि आएको छ ।