रामनाथ यादव
राजविराज,१९ चैत ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ५ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय काे. वर्साइनका प्रधानाध्यापक केदार पंडितलाई विदाई गरिएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण पंडितकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलकाे प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहका वीच अवकाशप्राप्त प्रधानाध्यापक पंडितलाई विदाई गरिएको हाे ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मंडलले विद्यालयको समग्र विकासमा प्रअ पंडितको अतुलनीय योगदान रहेको बताए ।
विद्यालयकाे पहिलो प्रअ भएर पहिलो शिक्षक दरवन्दी ल्याउने , कक्षा स्वीकृत ल्याएर विद्यालयमा अहम् भूमिका निभाएकाे उल्लेख गर्दै अध्यक्ष मण्डलले विद्यालयमा वाटाेघाटाेकाे अभाव रहेकाेले नयाँ जिम्मेवारीमा आउने प्रधानाध्यापकले कार्ययोजना बनाएर आएमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा नवनियुक्त प्रधानाध्यापककाे रुपमा हरिनारायण पंडितल्लाई नियुक्त गरिएको छ । उनले विहीबार नै विद्यालयकाे कार्यभार सम्हालेका छन् ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष ललन प्रसाद राउत , गाउँपालिका शिक्षा शाखा संयाेजक चन्द्रभुषन राय, वडा नम्बर ५ का वडा प्रतिनिधि हिरालाल साह, पूर्व वडा प्रतिनिधि उमेश राय, हनुमाननगर कंकालिनी नगरपालिका याेजना अधिकृत दिपेन्द्र पंडित,अवकाश कृषि अधिकृत राजेन्द्र प्रसाद साह, विद्यालय दाता परिवार राम प्रसाद साह र वासुदेव साह, राजेन्द्र देवकी मावि काेइलाडीका प्रअ दिपेन्द्र झा, राप्रावि तिलाठीका प्रअ प्रवीण कुमार कर्णको उपस्थिति थियो ।
यसैगरी जराप्रावि वेल्ही मल्हनियाका प्रअ राम शाह,राजाजी आधारभूत विद्यालय वनरझुलाका प्रअ देव नारायण पंडित,राप्रावि कुशहाका प्रअ वालेश्वर साह,राप्रावि सडेपारका प्रअ मनुलाल यादव, राप्रावि मंसापुरका अवकाश प्रअ मदनलाल मंडल,आधारभूत विद्याल्य भगवानपुरका प्रअ गाेविन साह, राजाजी आधारभुत विद्यालय वनरझुलाका व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश राय लगायत स्थानीय समाजसेवी ,वुद्विजिवी,राजनीति दल , अभिभावक,विद्यार्थी , कर्मचारी लगायतकाे समेत उपस्थित रहेको थियो ।
स्थानीय राजकान्त ठाकुरद्वारा संचालित कार्यक्रममा स्वागत वडा नम्बर ५ का वडा प्रतिनिधि हिरालाल साहले गरे ।