• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु : देशभरबाट ५ लाखबढी विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु : देशभरबाट ५ लाखबढी विद्यार्थी सहभागी
न्यूज टुडे
राजविराज, १९ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीवार देखि शुरु भएको छ । विद्यालय स्तरमा सबैभन्दा महत्त्वपूर्ण रुपमा मानिने माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर एकसाथ प्रारम्भ भएको हो । 
विहान ०८:०० बजेदेखि प्रारम्भ भएको परिक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका छन् । छात्र २ लाख ५७ हजार ६ सय १३, छात्रा २ लाख ५४ हजार ८ सय १ र अन्य ७ जना विद्यार्थी सहभागी छन् । 
यसैगरी सप्तरीबाट ९ हजार २ सय ६९ जना विद्यार्थी सहभागी भएका छन् । छात्र ४ हजार ६ सय १६ र छात्रा ४ हजार ६ सय ५३ गरी कुल ९ हजार २ सय ६९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ । 
जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका अनुसार  जिल्लामा रहेको समुदायिक ९४ र संस्थागत ५६ गरी एक सय ५० विद्यालयका विद्यार्थी एसइई परिक्षामा सहभागी भएका छन् । 
परीक्षा सञ्चालनका लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ। 
माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र तोकिएको छ र केन्द्रहरुमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जानकारी दिएको छ ।
परिक्षालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय तथा सरोकारवालाहरुबाट निरीक्षण तथा अनुगमनको समेत व्यवस्था गरिएको जनाइएको छ ।