• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उच्च अदालत बार एसोसिएसन जनकपुर- राजविराजको साधारणसभा सम्पन्न

उच्च अदालत बार एसोसिएसन जनकपुर- राजविराजको साधारणसभा सम्पन्न
न्यूज टुडे
राजविराज,१८ चैत । 
उच्च अदालत बार एसोसिएसन जनकपुर- राजविराजको साधारणसभा सम्पन्न भएको छ । उच्च अदालत बार एशोसिएसन जनकपुर- राजविराजका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश सुभाष पौडेलको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो । 
उच्च अदालत बार एसोसिएसनको साधारण सभा उदघाटन  गर्दै प्रमुख अतिथि वरिष्ठतम् न्यायाधीश पौडेलले कसैले कुनै काम कानुन विपरीत अनुचित लाभ लिने काम गरेको प्रमाण सहित आएमा दोषीलाई जुनसुकै हालतमा कार्वाही हुने बताए । उनले गल्ती गर्ने कोही कानुनबाट उनमुक्ति नपाउने बताए । 
 बारले उठाएको सबै समस्याको बिषयमा हामी गम्भीर भएर समाधान गर्दै आएको बताउँदै उनले।बार र बेन्च एक अर्काका पुरक भएकोले एक अर्काको भावना बुझेर कार्यसम्पादन गर्न सके न्याय सम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । 
 वरिष्ठ अधिवक्ता भानुभक्त निरौलाले  जिल्ला अदालतमा फैसला अन्तिम हुने मुद्दाहरूमा उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दोहोर्‍यान पाउने र फुल बेन्चको आवश्यकता भएकोले उच्च अदालतमा  तत्काल व्यवस्थाका लागि पहलगर्नु पर्नेमा जोड दिए । 
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवले कानून व्यबसायीको पेशा विश्वको सबैभन्दा जटिल र कठिन भएको बताए ।  यो पेशा जटिल र कठिन भएपनि यो पेशामा मेहनत गर्यो भने यो पेशा जस्तो आनन्द कुनैपनि पेशामा नरहेको उनको भनाइ छ ।
उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवले अदालतको न्याय सम्पादनलाई प्रभावित गर्न लागेको बिचौलियालाई जरैबाट उखेल्न न्यायाधीशहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । न्यायाधीश बलियो भयो भने बिचौलियाले केही गर्न नसक्दैने उनले तर्क गरे । 
अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उच्च अदालतका न्यायाधीश राम बहादुर थापा,सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरे,  नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, वरिष्ठ अधिवक्ता इन्द्रदेव सिंह,कृष्णानन्द देव,शिव कुमार चौधरी,सुजित कुमार पोखरेल,भानुभक्त निरौला,देव नारायण यादव,रामजी साह,जय कुमार गोइत,डा. देवनारायण यादवले शुभकामना मन्तव्य व्यक्त गरे । 
यसैगरी राजविराज उच्च बारका पूर्व अध्यक्षहरू श्यामनारायण साह,हेमनारायण चौधरी ,रमानन्द साह,भरत यादव,विजय कुमार यादव,बौद्धकृष्ण भगत,महेन्द्र चौधरी अधिवक्ता पुण्यप्रसाद यादव,सुधा देव सर्मिला रेग्मी मो. समिम अख्तर लगायतकाले मन्तव्य व्यक्त गरे । 
उक्त अवसरमा उच्च अदालत वार एशोसिएसन जनकपुर- राजविराजले प्रकाशन गरेको कानून व्यावसायि चरित्र डाइरेक्टरीको विमोचन समेत गरिएको थियोे ।
साधारणसभामा विधावारिधी गरेका अधिवक्ताद्वय  डा. राम खेलाबन यादव र  डा. महिनारायण चौधरीलाई सम्मान पत्र सहित सम्मान गरेको थियो । 
उच्च बार एशोसिएसनकी सचिव दानो चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष धर्मेन्द्र यादवले गरे ।