न्यूज टुडे
राजविराज , १७ चैत
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित मंसापुरकाे डिहिवारथान एवम् माँ भगवती मन्दिरमा मंगलबार हजारौंको संख्यामा कलशयात्रा निकालिएको छ । स्थानीय मंसापुर ग्रामवासीहरुकाे सहयाेगमा डिहिवारथान र माँ भगवतीकाे मन्दिरमा कलशयात्रा निकालिएको हो ।
श्रदालूभक्तजनले डिहिवार थानवाट निकालिएको कलशयात्रा हनुमाननगर कंकालिनी नगरपालिका स्थित सप्तकाेशीमा जल भरेर ग्रामदेवता मन्दिरमा वाजागाजाका साथ कलश यात्रा निकालिएको वडा अध्यक्ष हरिनारायण मंडलले जानकारी दिए ।
स्थानीय मंसापुर ग्रामवासीहरुकाे सहयाेगमा डिहिवारथान र माँ भगवतीकाे स्थानमा कलशयात्रा लगायत नाै दिवसीय अष्टयाम संकिर्तण कार्यक्रमकाे आयाेजना गरिएको उनले बताए ।
तिलाठी काेइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मंडल एवम् वडा नम्बर ७ का वडा अध्यक्ष हरिनारायण मंडलकाे नेतृत्वमा डिहिवारथानमा सामुहिक नाै दिन अष्टयाम संचालन गरिएको वडाध्यक्ष मंडलले जानकारी दिए ।
बिहान १० बजेदेखि सुरु भएको कलशयात्रा हजारौँको संख्यामा कलशयात्री तथा स्थानीय युवा , समाजसेवी ,वुद्विजिवी , राजनीति दल, कर्मचारी लगायत सहभागी भएका थिए ।
कलश भर्न गाउँ देखि करिब १० किलोमिटर पैइदल पुगेर आएकाे स्थानीयले वताए । नाै दिन सम्म संचालन हुने अष्टयाममा आठ वटा महिला मंडली , २५ जना पुरुष मंडली गरि जम्मा ३३ मंडलीद्वारा संकिर्तण कार्यक्रम हुने गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिए ।