न्यूज टुडे
राजविराज,१६ चैत ।
सप्तरी प्रहरीले लागूऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको हो ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीद्वरा जारी प्रेस विज्ञप्तिमा उनीहरुलाई लागूऔषध किनवेच गरेको सूचनाको आधारमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहबाट नियन्त्रणमा लिएको उल्लेख छ ।
पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका २ का ३६ बर्षिय मो. मुस्ताक, सप्तकोसी नगरपालिका ८ का बर्ष २३ का कृष्णा कुमार खंग सोही स्थान बस्ने बर्ष २५ का राज कुमार बहदार,रुपनी ६ वस्ने सितल मगर छन् ।
लागूऔषध विक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा मुस्ताक चढेको ना २६प ९०३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनले बोकेको कालो प्लास्टिक झोलाबाट डाइजापाम ७ पिस,आइपिपिएल ७ पिस,फेरागन ९ पिस गरि जम्म २३ पिस निषेधित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये अन्य तीनजना भने लागूऔषध किन्नमा संलग्न भएको आरोप छ । प्रहरीले उनीहरु चढेर आएको को २९ प ६१०६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।
उनीहरुलाई लागू औषध मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको डिएसपी पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रबार साँझ ०५:३० गते पक्राउ परेका उनीहरुलाई १३ गते लागूऔषध कसुरमा मुद्दा दर्ता गरि कारबाही अगाडि बढाइएको उल्लेख गरिएको छ ।
यसैगरी बन मुद्दाका फरार प्रतिवादी सुरुङ्गा नगरपालिका १ पिप्राप्श्चिमका टेक नारायण कटवाल समेत पक्राउ परेका छन् । यस्तै अभद्र मुद्दा फारार प्रतिवादी बर्ष ४० को विरेन्द्र प्रसाद महतो पक्राउ गरेको जनाइएको छ ।
उनीहरुलाई आइतबार सप्तरी जिल्ला अदालत दाखिला गरिएको डिएसपी पुरीले जानकारी गराएका छन् ।