• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरमा सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन

अग्नीसाइरमा सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन
रामनाथ चौधरी
महुली,१५ चैत । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कार्यपालिका स्तरीय सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन गरिएको छ । गाउँपालिकाद्वारा गाउँपालिका प्राङ्गणमा आइतबार आयोजित एक सर्वदलीय सर्वपक्षीय भेलाले गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । 
गठित समितिको सदस्यहरुमा रामेश्वर प्रसाद चौधरी, विष्णुदेव चौधरी (वडा नम्बर १) कुशेश्वर चौधरी, मिलन चौधरी (वडा नम्बर २) बद्री नारायण चौधरी,हृदय नारायण चौधरी (वडा नम्बर ३), रामी यादव, कौशल सिंह( वडा नम्बर ४)  रहेका छन् ।
यसैगरी  श्यामकान्त चौधरी,इदिरिस मिया,महेश प्रसाद यादव( वडा ५ ) चन्द्रदेव मडर श्यामसुन्दर जोशी,(वडा नम्बर ६)  सदस्य तथा सदस्य सचिबमा  गाउँपालिकाका अमिन देव कुमार ठाकुर चयन भएका छन् । 
बैठकले सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ऎलानी जग्गा संरक्षण गर्ने उदेश्यले ७ दिन भित्र एक उपसमिति गठन गर्ने निर्णय समेत गरिएको जनाइएको छ । 
कार्यबाहक अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, ६ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकामा क्रियाशिल राजनीतिक द्लका प्रतिनिधि, संचारकर्मी, स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरुको उपस्थिति थियो ।