• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आदिवासी जनजाति महासंघ सप्तरीको पाँचौ अधिबेशन सम्पन्न : अध्यक्षमा श्यामसुन्दर

आदिवासी जनजाति महासंघ सप्तरीको पाँचौ अधिबेशन सम्पन्न : अध्यक्षमा श्यामसुन्दर
न्यूज टुडे
राजविराज,१४ चैत । 
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सप्तरीको पाँचौ अधिबेशन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो ।
पाँचौ जिल्ला अधिबेशनबाट निर्वाचित अध्यक्षसहित अन्य पदाधिकारी । फोटो : न्यूज टुडे
अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले अधिकार सुनिश्चितताको लागि संगठित हुनुपर्नेमा जोड दिइन् ।  अधिकार प्राप्तिका लागि कर्तव्य पनि निर्वाह गर्नुपर्ने बताउँदै उनले राज्यबाट पाउने  सेवा सुविधा प्राप्तिका लागि एकताबद्ध भएर खबरदारी गर्नु जरुरी रहेको बताइन् ।
अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष बृजमान तामाङ, यम बहादुर खपाङ्गी मगर, महेन्द्र प्रसाद चौधरी, आदिवासी जनजाति युवा महासंघका पूर्व केन्द्रीय महासचिव सुदर्शन चौधरी, थकस केन्द्रीय परिषद सदस्य तुलसी थारुले शुभकामना मन्तव्य व्यक्त गरे । 
यसैगरी नेपाल मगर संघ सप्तरीका अध्यक्ष लिल बहादुर मगर, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङ, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष विन्देश्वर प्रसाद सिंह दनुवार, थारु कल्याणकारी सभा सप्तरीका उपाध्यक्ष रामप्रसाद चौधरी, किरात राई यायोक्खा सप्तरीका सल्लाहकार डम्बर राई, दनुवार जागरण कल्याण कोष सिरहा सप्तरीका अध्यक्ष श्यामसुन्दर सिंह दनुवार, थारु महिला सभा सप्तरीकी अध्यक्ष शंकर चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
जिल्ला सचिब अरविन्द कुमार चौधरद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष उपेश कुमार सिंह दनुवारले गरे । 
अधिबेशनबाट इन्जिनियर पूर्व उपसचिव  श्यामसुन्दर  सिंह  दनुवारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा भद्र कुमारी लामा तामाङ, सचिबमा पूर्ण मगर, सह सचिबमा रविना तामाङ, कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् । 
यसैगरी समितिको सदस्यहरुमा मिरा श्रेष्ठ,रविमाया मगर,अम्विका देवी सिंह दनुवार, हरिकाजी राई चयन भएको निर्वाचन मण्डलका संयोजक बृजमान तामाङले जानकारी दिए । अधिबेशनबाट गठित समितिले खाली रहेको पदाधिकारी तथा सदस्य  पदमा मनोनीत गरि पूर्णता दिने समेत निर्णय भएको उनले बताए । 
उक्त अधिबेशनमा सप्तरी जिल्लामा क्रियाशिल  ६ जातिय संगठनका प्रतिनिधिहरुले सहभागीता जनाएका छन् ।