• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने भनि सरकारले जारी गरेको आदेशका कारण मुलुकको पत्रकारिता क्षेत्रमा ठूलो हिस्सा ओगट्दै आएको निजी सञ्चार क्षेत्र अहिले विभेदमा परेको त छ नै । यसका साथै स्वरोजगारका रुपमा चल्दै आएको यस क्षेत्रमा उत्पन्न कठिनाईका कारण पत्रकारहर विस्थापित हुने खतरा पनि प्रबल बनेको छ ।
पत्रकारिताको सबलीकरणकालागि विज्ञापन पनि एक प्रमुख माध्यम हो । विगतमा विना भेदभाव सबै जसो विज्ञापन सबै सञ्चार माध्यमबाट प्रकाशन प्रसारण गरिँदै आएको थियो । यसले सञ्चार जगतमा निजी तथा सरकारी भनेर कित्ताकाट गर्ने गरिएको थिएन । लोकतन्त्रकालागि अग्रपंक्तिमा रहेर लड्दै आएको सञ्चार जगतलाई यसरी सरकारी र निजी भनेर फरक फरक कित्तामा राख्ने काम वर्तमान सरकारबाट भएको भनि तिब्र बिरोध भईरहेको छ । यसै कारण पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघ समेत आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको छ । विज्ञापन दिने क्रममा यदि कुनै प्रकारका त्रुटी कमजोरी छन् यदि भने त्यसमा नियमन गर्नकालागि कसैको पनि फरक मत नहोला । विज्ञापन दिँदा समानुपातिक रुपमा दिईयोस् भन्ने आम पत्रकारहरुको माग पनि रहँदै आएको हो । तसर्थ विज्ञापन दिँदा यदि कुनै प्रकारको कमजोरी पक्ष छ भने त्यसलाई सुधारेर जान नसकिने त होईन । तर निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन दिँदै नदिने भनेर सरकारले नै आदेश जारी गरेका कारण यसले विभेदको थालनी गरेको भनि टिकाटिप्पणी हुन थालेको छ ।
नेपाल पत्रकार महासघले उठाएका यस सम्बन्धि मागका बारेमा सरकारले ध्यान दिएर विना भेदभाव समानुपातिक विज्ञापन नीति अबलम्बन गरिए मात्र आम पत्रकारको भावनाको पनि कदर भएको मानिने छ ।