थारु कल्याणकारिणी सभा (थाकस) अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ को वडा समिति गठन गरिएको छ । वडा नम्बर २ स्थित चाँदनी बजारमा बिहीवार आयोजित एक भेलाले नमिता चौधरीको अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन गरेको हो ।
नवगठित समितिका पदाधिकारीलाई सपथग्रहण गराउँदै पूर्व विधायक सरस्वती चौधरी । फोटो : न्यूज टुडे
गठित समितिको उपसभापतिहरुमा रनिता चौधरी,भागेश्वरी चौधरी,रञ्जु कुमारी चौधरी, सचिबमा पुनम चौधरी, सह सचिवमा रुवी चौधरी र कोषाध्यक्षमा सरिता कुमारी चौधरी चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा रेणू कुमारी चौधरी,रञ्जना कुमारी चौधरी,विदा कुमारी चौधरी,कमला चौधरी,संतोषी चौधरी,अनिता चौधरी,सविता चौधरी,पुनम चौधरी,मन्जु चौधरी, सुनिता चौधरी रहेका छन् ।
यसैगरी सन्तोषी चौधरी र अनिता कुमारी चौधरीलाई सल्लाहकार चयन गरिएको नवगठित समितिका अध्यक्ष नमिता चौधरीले जानकारी दिइन् ।
भेलामा पूर्व विधायक सरस्वती चौधरी, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष बृजमान तामाङ, उपाध्यक्ष एवम् थाकस सप्तरीका सचिव मिलन कुमार चौधरी, केन्द्रीय पार्षद रमानन्द लेखी, क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति शिवनन्दन लेखी, गाउँपालिका सभापति लक्ष्मी चौधरी, उपसभापति दिपमाला चौधरी, सहसचिव चन्द्रकला चौधरी, कोषाध्यक्ष सितलवती देवी चौधरी,आदिवासी जनजाति महासंघ तत्कालीन सितापुर गाविस अध्यक्ष कुशेश्वर प्रसाद चौधरी लगायतका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।