• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ओेली पक्राउकाे विराेधमा एमाले आन्दाेलनमा जाने 

ओेली पक्राउकाे विराेधमा एमाले आन्दाेलनमा जाने 
न्यूज टुडे
राजविराज,१४ चैत। 
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओेली पक्राउको विरोधमा एमाले आन्दोलनमा जाने भएको छ । एमाले नेता महेश वस्नेतले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष ओलीलाई प्रहरीले पक्राउ गरेकाे विराेधमा नेकपा एमाले आन्दोलनमा जाने जनाएको हो । 
वस्नेतले लोकतन्त्रको रक्षकको गिरफ्तारीले लोकतान्त्रिक व्यवस्थामाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् । 
“राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो’ बस्नेतले भने, ‘तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।’
‘बालेन सरकारद्वारा सुधन गुरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ’ उनले उल्लेख गरेका छन् । 
‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ’ बस्नेतले भनेको छ । 
प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। अहिले विहान ८:३० वजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।” एमाले नेता वस्नेतले फेसबुक स्टाटसमा लेखेका छन ।