• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दैनिक उपभोग्य वस्तुको अनियन्त्रित रुपले भईरहेको मूल्यवृद्धिका कारण जनता आक्रान्त छन् ।
महँगी चुलिँदै गएका कारणले न्यून आयस्तरका बहुसंख्यक जनता बढी प्रभावित बनेका छन् । चामल, खाने तेल, दाल, गेडागुडी लगायतका दैनिक उपभोगका वस्तुको मूल्य बढ्दै गएको अवस्थामा खाना पकाउने ग्याँस लगायतका पेट्रोलियम पदर्थको मूल्य पनि ह्वात्तै बढेको छ । खाना पकाउने ग्याँसको त हाहाकार नै  हुने अवस्था रहनाले कतिपयलाई चुलो बाल्न पनि समस्या छ । डिजल पेट्रोल लगायतका पनि छोटो अवधि भित्रै पटक–पटक मुल्य वृद्धि गरिएको छ । यसले गर्दा ढुवानी भाडा पनि बढ्ने भएका कारण त्यसको चौतर्फी प्रभाव पर्नेमा आशंका रहने छैन । डिजल, पेट्रोलको मूल्यवृद्धि भारतमा नभएको अवस्थामा पनि यहाँ पटक–पटक मूल्य बढाईएको छ । जनतालाई राहत पुगोस् भन्नाका लागि मूल्य वृद्धि रोक्दै त्यससित सम्बन्धित खर्चमा मितव्ययिता अपनाउन नसकिने होईन । पेट्रोलियम पदार्थको आपूर्तिकर्ता नेपाल आयल निगमले गर्ने खर्चमा मितव्ययिता अपनाएर भए पनि तत्काल मूल्यवृद्धिलाई केही समयसम्म रोक्न सकिने कुरा पनि नउठ्ने गरेको होईनन् । डिजल, पेट्रोलको मूल्यवृद्धिले चौतर्फी प्रभाव पर्ने, अन्य वस्तु लगायत सवारी भाडा र ढुवानीको लागि पनि बढी भुक्तानी गर्नुपर्ने भएका कारण सरकारले यस तर्फ पनि ध्यान पु¥याउनु पर्ने हुन्छ ।
नयाँ सरकारले जनतामाथि परिरहेका यस्ता कुराप्रति ध्यान दिन सकेमा जनताले तत्काल राहतको अनुभूति पाउने छन् भन्नेमा ध्यान पु¥याउनु सान्दर्भिक हुनेछ ।