• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संयासी गाेल्डकप २०८२´ काे उपाधी मलिथम एफसी उदयपुरलाई

संयासी गाेल्डकप २०८२´ काे उपाधी मलिथम एफसी उदयपुरलाई
न्यूज टुडे
राजविराज, १२ चैत। 
‘संयासी गाेल्ड कप´फुटबल प्रतियोगिता २०८२ काे उपाधी मलिथम एफ सी उदयपुरले हात पारेको छ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पाेखरियास्थित खेलमैदानमा बिहीवार सप्पन्न फाइनल खेलमा साेमबारे एफसी उदयपुरलाई ट्राईब्रेकरमा चारका बिरुद्ध पाँच  गाेल अन्तरले पराजित गर्दै उपाधि मलिथमले हात पारेकाे हाे । 
राष्ट्रिय खेलकुद परिषद्काे सहयोगमा संयासी युवा क्लब पाेखरियाद्वारा आयोजित फाइनल  खेलकाे निर्धारित समयमा कुनै टिमले गाेल गर्न नसकेपछि खेलकाे निर्णय ट्राईब्रेकरबाट लिएकाे थियोे ।
उपाधीसँगै मलिथम एफसीले नगद रु. एक लाख पाँच र शिल्ड हात पारेकाे छ भने उपबिजेता  साेमवारे एफ सीले नगद रु. ७५ हजार पाँच र कपमा चित बुझाएको आयाेजक समितिका सचिव श्रवणकुमार चाैधरीले जानकारी दिए । उत्कृष्ट खेलाडी   साेमबारे विवेक राईले नगद रु. दुई हजार एक सय प्राप्त गरेकाे छ । 
प्रतियोगिता पश्चात् आयाेजक समितिका अध्यक्ष  धनीलाल चाैधरीकाे अध्यक्षतामा आयाेजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरी, शम्भुनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष इन्द्रकान्त चाैधरी, आयोजक समितिका सचिव श्रवण कुमार चाैधरी, काेषाध्यक्ष अमित कुमार चाैधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 
यही चैत ६ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सुनसरी, सिरहा, माेरङ, धनुषा र उदयपुका गरि  आठ वटा टीमकाे सहभागिता रहेकाे थियोे ।