उत्तम आचार्य
कञ्चनरूप, १२ चैत ।
सप्तरीको कञ्चनरूप नगरपालिका–१२ दौलतपुर (रुपनगर) स्थित सुनाखरी इङलिस बोर्डिङ स्कुलले कक्षा १० का विद्यार्थीहरूको बिदाई गरेको छ। चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन लागेका विद्यार्थीहरूलाई बिहीबार विद्यालय प्राङ्गणमा आयोजित समारोह बीच उनीहरुलाई बिदाई गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संरक्षक प्रमोद कटुवालले विद्यार्थीहरूलाई मेहनत, अनुशासन र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन प्रेरित गरे। उनले भने, “विद्यार्थी जीवन नै भविष्य निर्माणको आधार हो, त्यसैले अहिलेको परिश्रमले भोलीको सफलता सुनिश्चित गर्छ।”
शिक्षकहरू विनोद महतो, सियाराम मण्डल र अप्सना खातुनले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा लागिरहन आग्रह गरेका गरे। कक्षा १० का तर्फबाट कलिना योगी, कृति महतो र काजीबाबु खवासले विद्यालयसँग बिताएका अनुभव सुनाउँदै भावुक बनेका थिए।
यस्तै कक्षा ९ का विद्यार्थी कृन्जल श्रेष्ठ र प्रितम शर्माले बिदाई मन्तव्य दिँदै दाजुभाइ दिदीबहिनीहरूको सफलताको कामना गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा कक्षा ९ का विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरिएको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल पुष्प बहादुर कार्कीले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा संस्थापक अम्बिका अधिकारी (कटुवाल)को रहेको थियो।
कार्यक्रम सञ्चालन शिक्षक रमेश प्रसाद तिमल्सेनाले गरेका थिए।