• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
त्रियुगा नदीमा विष्टको शव फेला
न्यूज टुडे
राजविराज,०७ चैत । 
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ स्थित त्रियुगा खोलामा शुक्रबार एक  ५५ बर्षिय पुरुषको शव फेला परेको छ । स्थानीय खोरिया टोल निवासी ५५ वर्षीय शेरबहादुर बिष्टको शव फेला परेको हो ।
शुक्रबार दिउँसो त्रियुगा खोलाको चन्द्र नहरको हेडवकस क्षेत्रमा पानीमा घोप्टो पारिरहेको अवस्थामा विष्ट शव फेला परेको प्रहरीले जनाएको छ । 
मृतकको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा परिक्षणपछि परिवारको जिम्मा लगाइएको  तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।