• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा चारघण्टाको अन्तरमा दम्पतीको मृत्यु

सप्तरीमा चारघण्टाको अन्तरमा दम्पतीको मृत्यु
न्यूज टुडे
रुपनी,०७ चैत । 
सप्तरीको रुपनी गाउँपालिका ४ छपकीमा चारघण्टाको अन्तरालमा दम्पतिको मृत्यु भएको छ। स्थानीय ७० वर्षीय फुलेश्वर सदा र उनकी श्रीमती ६५ वर्षीय  दुर्गीवती सदाको मृत्यु भएको हो।
शनिबार राति २ बजे फुलेश्वरको र बिहान ६ बजे दुर्गीवतीको करिब ४ घण्टाको अन्तरालमा दम्पतीको मृत्यु भएको रुपनी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छेदी इसरले बताए । 
 दुर्गीवती केही दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट हर्नियाँको अपरेसन गरी घर ल्याइएको थियो। स्वास्थ्य अवस्था कमजोर रहेकाले फुलेश्वरले उनलाई नियमित निगरानी गर्दै आएको वडाध्यक्ष इसरले जानकारी दिए।
दम्पती दुबैजनाको जातीय परम्परा अनुसार गाउँनजिककै अन्त्यष्टी गरिएको स्थानीयले बताएका छन् ।