• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

काँग्रेसका पुराना नेता यादवको निधन :  पूर्व साँसदद्वारा श्रद्धाञ्जली

काँग्रेसका पुराना नेता यादवको निधन :  पूर्व साँसदद्वारा श्रद्धाञ्जली
नर्मदेव यादव
रुपनी,०७ चैत ।
सप्तरीमा शुक्रबार एक पुरानो काँग्रेस नेताको निधन भएको छ ।  रुपनी गाउँपालिका वडा नम्बर १ नकटी रायपुरका बर्ष ९५ का मुक्ति लाल यादवको राती ११ बजे निधन भएको हो । 
स्वर्गीय मुक्तिलाल यादव । फोटो : न्यूज टुडे
मधुमेह लगायतका  विभिन्न रोगबाट पीडित बुवाको रायपुर स्थित आफ्नै निवासमा निधन भएको माइलो छोरा पुर्व न्यायाधीश रामचन्द्र यादवले बताए ।
यादवको पार्थिव शरीरमा नेपाली कांग्रेसका पुर्व संघीय सांसद तथा पुर्व केन्द्रिय सदस्य दिनेश कुमार यादव,धनुषा जिल्ला क्षेत्र नम्बर २ का पुर्व सांसद केन्द्रिय सदस्य पुर्व कृषि मन्त्री रामकृष्ण यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, पूर्व अध्यक्ष हरेराम यादवले श्रद्धाञ्जली अर्पण गरे । 
यसैगरी काँग्रेस जिल्ला युवा नेता अर्जुन साह,जिल्ला सदस्य मुखिलाल यादव,क्षेत्र नम्बर  ३ का  सचिव  गजेन्द्र प्रसाद यादव, रुपनी गाउँपालिकाका सभापति सुगम्बर यादव,सचिव ज्ञानी इसर, वडा सभापति अभिनन्दन यादव समेतले श्रद्धाञ्जली अर्पण गरे । 
यसैगरी जसपा नेपालका गाउँपालिका अध्यक्ष बलराम यादव, रुपनी १ का पूर्व वडाध्यक्ष युवा नेता पिताम्बर यादव,नेपाली कमन्युष्ट पार्टीका नेता छ्टेलाल यादव,एमाले स्थानीय नेता भागवत यादव, रास्वपा युवा नेता इन्जिनियर ललित नारायण यादव, अधिवक्ता रामकुमार यादव,प्रोफेसर शिव नारायण यादव लगायत विभिन्न पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा उच्च पदस्थ व्यक्तित्वहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । 
उनीहरुले स्वर्गीय यादवको पार्थिव शरीरमा पार्टीको झ्ण्डा ओढाएर तथा फुल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेपछि जातीय परम्परा अनुसार शुक्रबार नै अन्त्यष्टी गरिएको स्वर्गीय यादवको कान्छो छोरा सदानन्द यादवले बताए ।
खाडो खोला स्थित आर्यघाटमा शुक्रबार साँझ हिन्दु परम्परा अनुसार स्वर्गीय यादवको पार्थिव शरीरमा जेठो छोरा भगवत यादवले  दागबत्ती दिएका थिए ।