उत्तम आचार्य
कञ्चनरुप,०६ चैत ।
मुश्लिम समुदायको धार्मिक साँस्कृतिक पर्व इद ( रमजान) को अवसरमा कञ्चनरुप नगरपालिकाले चैत ८ गते सार्वजनिक विदा दिएको छ । नगर प्रमुख ललन प्रसाद गुप्ताले शुक्रबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
सूचनामा मुश्लिम धर्मावलम्बीहरुको पर्व इदकोको अवसरमा विदा दिएको जानकारी गराउँदै शुभकामना समेत व्यक्त गरिएको छ ।
मुश्लिम धर्मावलम्बीको पर्व इद ( रमजान) को अबसरमा मिति २०८२/१२/०८ गते नगरपालिकाको कार्यालय, विद्यालय स्वास्थ्य संस्था लगायतका अतिआबश्यक बाहेकका सम्पूर्ण कार्यालयमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।
नगर प्रमुख गुप्ताद्वारा हस्ताक्षरित सूचनामा विदाको समयमा सेवाग्राहीहरुमा पर्न जाने असर प्रति क्षमा समेत मागिएको छ ।