• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मीटर व्याज विरुद्ध संघर्ष समितीद्वारा  जनकपुरमा चैत १२ गते विशाल प्रदर्शनको तयारी 

मीटर व्याज विरुद्ध संघर्ष समितीद्वारा  जनकपुरमा चैत १२ गते विशाल प्रदर्शनको तयारी 
नर्मदेव यादव
रुपनी,०५ चैत ।
मीटर व्याज विरुद्ध संघर्ष समितीले  जनकपुरमा चैत १२ गते विशाल प्रदर्शन गर्ने भएको छ । मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन समितिका केन्द्रीय महासचिव मनोज पासवानले राजविराजमा बिहिवार आयोजित एक कार्यक्रममा यस्तो जानकारी गराएका हुन् ।  
मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल सप्तरीको जिल्ला भेला तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै महासचिव पासवानले मिटर व्याजीको समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाए । केन्द्रीय महासचिव पासवानले हामीले गरेको आन्दोलनबाट अनुचित लेनदेन पीडित नेपालमा रहेको सरकारले स्वीकार गरिसके पनि हालसम्म सरकारले समस्या समाधानको ठोस नीति नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे ।  उनले सरकार समस्या समाधान भन्दा दमनमा उत्रिएको भन्दै आक्रोश पोखे ।
‘सरकार साहुमहाजनको पक्षमा देखिन्छ । पीडितको कुराको कुनै सुनुवाइ नै हुँदैन’ उनले भने, दुख दिने बाहेक अहिले सम्म अन्य काम भाएकै छैन । हामीलाई केवल तारेखमा बोलाउने गर्छ।’ उनले थपे, ‘फैसला चाहिँ महाजनले भने बमोजिम हुने गरेको छ।’
साहु महाजनहरुले  शक्ति तथा प्रभावको  बलमा कपाली तमसुक वडामा प्रमाणीकरण गराउने गरेको बताउँदै उनले पीडित न्यायको लागि भौतारी रहँदा समेत सुनुवाइ नहुने गुनासो गरे।’ मेची महाकाली पैदल मार्च काठमाडौ पैदल मार्च  हामीले  गर्यौ’ तर  त्यसको फाइदा विपक्षीले लियो। काम भयो महाजनको’ उनले भने,’ अब अधिकार सुनिश्चितताको लागि आन्दोलनको विकल्प छैन ।”
उनले सरकार तथा साहु महाजनसंग अन्तिम वार  की पारको लडाइँ लड्न तयार भएर रहन पीडितलाई आग्रह गरे । आगामी  चैत्र १२ गते मिथिला कमान्डको नेतृत्वमा विशाल आन्दोलन मधेस प्रदेशको राजधानी जनकपुरमा हुने जानकारी गराउँदै पूर्व तयारीमा लाग्न निर्देशन दिए । 
 मिथिला कमान्ड अन्तर्गत पीडितहरुलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै उनले  बालबालिकाको भविष्य रक्षाका लागी मर या गर को बाटो रोज्न आग्रह गरे । 
हामीलाई केही कानुनी अधिकार  सरकारले दिएको छैन  कसरी कारबाही गर्ने  भन्दै सिडिओसहित प्रहरी पन्छिने गरेको पिडित अरविन्द कुमार मण्डलले बताए ।
‘मिटर ब्याजी त्यतिकै  हैरान गर्न लागि केन्द्रिय सरकारले एउटा कागजको खोस्टा जस्तो पठाइ दिएको छ।’ सिडियो आफै भन्नुहुन्छ’ मण्डलले भने, ‘हाम्रो सुरक्षाको ग्यारेन्टी सप्तरीको एसपीले पनि दिदैन हामी साहु महाजनबाट अन्याय पुर्ण पीडाको शिकार  दिनादिन हुदै आएका छौँ। “
 केन्द्रिय सचिवालय सदस्य छेदी पासवानले सप्तरी जिल्लाको सबै सुरक्षा निकायहरु साहु महाजनको पक्षमा रहेको गुनासो गर्दै प्रशासनको रबैयाको विरुद्ध संघर्षमा जानुपर्नेमा जोड दिए । 
मिटर ब्याज बिरुद्व किसान  मजदुर आन्दोलनका जिल्ला इन्चार्ज म. तैयव अलिको अध्यक्षतामा आयोजित कार्यक्रममा मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका मिटर ब्याज  वित्तीय संगठन अध्यक्ष विशाल छेत्री ,वित्तीय महिला संगठनका केन्द्रिय अध्यक्ष पुनम महतो,सहिद परिवार तथा केन्द्रिय मोर्चाका केन्द्रिय सदस्य सरस्वती मिश्र,पुर्व जिल्ला अध्यक्ष रामकुमार चौधरी, गेनालाल साह, बिनिता चौधरी, जिल्ला अध्यक्ष बिरेन्द्र चौधरीलगायतले राज्यको विभेद विरुद्ध आन्दोलनको विकल्प नरहेको बताए । 
कार्यक्रम संचालन जिल्ला सदस्य दिलिप यादवले गरेका थिए ।