न्यूज टुडे
राजविराज,०५ चैत ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न मुद्दाका आठ जना फरार प्रतिवादी पक्राउ गरि बिहिवार सप्तरी जिल्ला अदालत दाखिला गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी गराएको हो ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा पक्राउ परेका प्रतिवादीहरुलाई बिहीवार सप्तरी जिल्ला अदालत दाखिला गरिएको तथा उनीहरुबाट ८० हजार जरिवाना असुली गरेको उल्लेख छ ।
डिएसपी पुरीका अनुसार पक्राउ पर्नेमा रुपनी गाउँपालिका २ का उपेन्द्र शर्मा, विनोद कुमार शर्मा,ओकिल शर्मा,जितेन्द्र प्रसाद यादव,सुरेन्द्र प्रसाद बुधनगरिया,रामकृष्ण सिलपिलिया यादव,नितेश सिलपिलिया यादव र लोकेन्द्र प्रसाद यादव रहेका छन् ।
सप्तरी जिल्ला अदालत राजविराजबाट कुटपिट मुद्दामा दोषी ठहर भएका उनीहरुबाट जनही १० हजारको दरले जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।