• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कंचनपुर खानेपानीको अधिबेशन बैशाखमा हुने

कंचनपुर खानेपानीको अधिबेशन बैशाखमा हुने
उत्तम आचार्य 
कन्चनरुप , २९ फागुन ।
कंचनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था कन्चनरुप ८ सप्तरीको अधिबेशन बैशाखमा गर्ने निर्णय गरिएको छ । संस्थाका अध्यक्ष भुवनबहादुर केसीको अध्यक्षतामा तथा कञ्चरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा  शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । 
सरोकारवालाहरु समेतको सहभागितामा सम्पन्न बैठकमा आयोजनालाई ब्यवस्थित रुपमा संचालन गर्नको लागि सम्झौतामा भएको ब्यवस्था भए अनुसार पानीको महसुललाइ न्युनतम ८ युनिटको १ सय ५० राख्ने निर्णय गरिएको छ ।
यसैगरी अन्य तहमा ० देखि ८ युनिटसम्म १ सय ५० , ९ देखि १० युनिटसम्म थप ४५ , ११ देखि २० युनिटसम्म थप प्रती युनिट ५५ , २१ देखि ३० युनिटसम्म थप प्रती युनिट ७० र ३० युनिटभन्दा माथी थप प्रती युनिट १ सय रुपियाँ कायम गर्ने , हालसम्म ४ हजार १ सय ५६ घरधुरी मध्ये १ हजार १ सय ५३ घरधुरी बाट मात्र धारा जडान बापत रकम उठेको र बाकी धारा जडानका लागि चैत मसान्तसम्म नगरपालिका वडा कार्यालय , राजनैतिक दलहरुको समेत सहकार्यमा उपभोक्ता समिति तथा वडा समितिहरु परिचालन गरि धारा जडान कार्यलाई पुर्णता दिने   निर्णय गरिएको छ । 
यस्तै संस्थाको साधारणसभा तथा अधिवेशन बैशाख मसान्त भित्र सम्पन्न गर्ने गरि प्रक्रिया अगाडि बढाउने तथा सो अवधिमा अधिवेशन नभएमा समिति संवत् भंग हुने जस्ता निर्णयहरु गरि बैठक सम्पन्न भएको एक उपभोक्ताले बताएका छन् । 
कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले मानिसको जीवनमा शुद्ध खानेपानी अतिनै महत्वपूर्ण भएकोले नगरपालिकाले खानेपानी आयोजनाको शुरुआत गरि अहिले ४ हजार ४ सय ५६ घरधुरीमा शुद्ध खानेपानी वितरण गरिएको जानकारी गराउदै संस्थालाई जिवन्त राख्नु नगरपालिकाको कर्तव्य रहेको बताए । 
खानेपानीका क्षेत्रीय प्रमुख महेशी महतोले संस्थालाई मजबुत र जिवन्त राख्न उपभोक्ताहरुको महत्वपूर्ण भुमिका रहने बताए ।
नगर बिकास कोषका सुभाष पन्तले यो खानेपानी आयोजना जिल्लामै ठुलो रहेको जानकारी गराउदै सम्झौतामा भए अनुसार सफल रुपमा आयोजना चलाएमा थप ४ वटा महत्वपूर्ण आयोजनाहरु नगरपालिकामा आउने भएकाले पनि आयोजनालाई उत्कृष्ट रुपमा अगाडि बढाउन उपभोक्ताहरुको काधमा थप जिम्मेवारी थपिएको बताए ।
बैठकमा राजनैतिक दलका प्रतिनिधि , वडा अध्यक्षहरु , संघ संस्थाका प्रतिनिधिहरु , सुरक्षाकर्मी , कार्यपालिकाका सदस्यहरु , ब्यापारीहरु , उपभोक्ताहरु , समाजसेवी , बुद्धिजीवी , संचारकर्मी , जेनजी युवाहरुको उपस्थिति रहेको थियो ।