• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रहेनन् पूर्व वडाध्यक्ष मोक्तान : घेदुङद्वारा श्रद्धाञ्जली अर्पण

रहेनन् पूर्व वडाध्यक्ष मोक्तान : घेदुङद्वारा श्रद्धाञ्जली अर्पण
न्यूज टुडे
राजविराज,२४ फागुन ।
नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष अम्बर बहादुर मोक्तान तामाङको निधन भएको छ । शम्भुनाथ नपा २ भलुवाई स्थित आफ्नै निवासमा आइतबार विहान ७ बजे ७० बर्षको उमेरमा मोक्तानको निधन भएको हो । 
स्वर्गीय पूर्व वडाध्यक्ष मोक्तानको पार्थिव शरीरमा खदा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजन । फोटो : न्यूज टुडे
पक्षघातबाट लामो समय थला परेको पूर्व वडाध्यक्ष मोक्तान घरमै बसेर औषधि सेवन गरिरहेका थिए । एक्कसी रोगले च्यापेपछि आइतबार विहान ७ बजे निधन भएको उनकी धर्मपत्नी मन माया तामाङले बताइन् । 
पूर्व वडाध्यक्ष स्वर्गीय तामाङको पार्थिव शरीरमा नेपाल तामाङ घेदुङ सप्तरी तथा शम्भुनाथ नगरपालिका २ ले घेदुङ र शान्तिको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । 
स्वर्गीय मोक्तानको पार्थिव शरीरमा संघीय घेदुङका सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम बहादुर घिसिङ, पूर्व संघीय सदस्य मेख बहादुर बम्जन,  शम्भुनाथ नगरपालिका २ का वडाध्यक्ष दुर्गानन्द भगत, नेपाल तामाङ घेदुङ मधेस प्रदेश सदस्य अशोक योन्जन, जिल्ला अध्यक्ष सुर्यमान तामाङ,  सचिव डिक बहादुर मोक्तान,पूर्व अध्यक्ष सन्तमान गोले, सल्लाहकार बृजमान तामाङ, अग्नीसाइर कृष्णासवनका अध्यक्ष भक्त बहादुर लो,  युवा घेदुङका जिल्ला अध्यक्ष नवराज योन्जन, साँस्कृतिक घेदुङका जिल्ला अध्यक्ष टिक बहादुर तामाङलगायतकाले खदा,झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि अन्त्यष्टी गरिएको थियो । 
उनको जातिय परम्परा अनुसार लामाद्वारा मोलम पाठ गरि बौद्ध धर्म विधिपूर्वक आइतबार नै अन्त्यष्टी गरिएको नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाका अध्यक्ष पदम घिसिङले जानकारी दिए ।