न्यूज टुडे
राजविराज,२४ फागुन ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार रामजी यादव विजयी भएका छन् । जसपा नेपालका उम्मेदवार उमेश कुमार यादवलाई दोब्बर मतान्तरले पराजित गर्दै यादवले विजयी हाँसिल गरेका हुन् ।
आइतबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार यादवले २८ हजार ४ सय ४ मत प्राप्त गरि विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश कुमार यादवले १४ हजार २ सय ६३ मत पाएका छन् ।
रास्वपाका रामजीले १४ हजार ४ सय मतान्तरले जसपाका उमेशलाई पछि पारेका छन् ।
यसैगरी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ( सिके राउत ) तेस्रो स्थानमा पुगेका छन् । उनले ९ हजार ८ सय ८० मत प्राप्त गरे ।
यादवको जीत संगै राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले सप्तरीको चार वटै क्षेत्र कब्जा गरेको छ । सप्तरी निर्वाचन क्षेत्र १ मा पुष्पा कुमारी चौधरी, ३ मा अमरकान्त चौधरी, ४ मा सिताराम साह निर्वाचित भएका छन् ।