नर्मदेव यादव
रुपनी, १९ फागुन ।
रामेछाप २ साँगुटार मतदान केन्द्रमा खटिएका सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ नकटी रायपुरका एक प्रहरी अधिकृतको दुर्घटनामा मृत्यु भएपछि सम्पूर्ण गाउँ शोकमा डुवेको छ । स्थानीय बुद्धि लाल यादवको छोरा बर्ष ४५ का सहायक प्रहरी निरीक्षक( असई) परशुराम यादवको दुर्घटनामा मृत्यु भएपछि पुरै गाउँमा शोकमा डुवेको हो ।
मधेसको होली पर्व तथा चुनावको महायज्ञमा दुर्घटनामा परि असई यादवको मृत्युको खबरले उनका परिवारमा गहिरो चोट पुगेको स्थानीयले बताए । उनको निधनको खबरले सम्पूर्ण गाउँपालिकाबासीलाई शोकमग्न तुल्याएको राम्रा स्थानीय सम्वाददाताले जानकारी दिए ।
घटनाले यादवका परिवारमा मात्र नभएर पुरै गाउँपालिकाबासी स्तब्ध भएको उनले बताए ।
मृतक यादवको आमा, बुवा, श्रीमति दुई छोरा छन् ।
उक्त दुर्घटनामा मतदान अधिकृत डोल प्रसाद घिमिरेको समेत मृत्यु भएको छ । घिमिरेको मन्थली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछाप २ स्थित वडा कार्यलय भवन साँगुटार ख) मतदान केन्द्रमा मतदान अधिकृत घिमिरेसहित मतदान स्थलको सुरक्षा कमाण्डमा खटिएका असइ चढेको गाडी सोमबार दुर्घटना भएको थियो ।
दुर्घटनामा सुरक्षाकर्मी तथा मतदानमा खटिएका दर्जनबढी कर्मचारीहरु घाइते भएका छन् ।