न्यूज टुडे
राजविराज,१८ फागुन ।
चुनावको मुखमा सप्तरीको विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेसमा पहिरो गएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मतदान तीन दिन बाँकी रहँदा काँग्रेसका सबै नेताकार्यकर्ता जसपा नेपालमा ओइरो लगेको हो ।
विष्णुपुर गाउँपालिका –१ खुरहुरियामा सोमबार दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन् ।।तत्कालिन मलेकपुर गाउँविकास समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवसहितका नेता तथा कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको हुन् ।
स्थानीय तहको निर्वाचनमा उनी विष्णुपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न रहँदैआएका उनीसँगै चर्चित समाजसेवी महिनारायण यादव, राजेन्द्र प्रसाद यादव, भोला प्रसाद यादव, इश्कीलाल यादव, मागीलाल यादव, दर्पी यादव, रामकिसुन ठाकुर, सातैन यादव, जिबछ यादव लगायतका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेको जसपा नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।
नवप्रवेशीहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, पार्टीका समन्वय समितिका सदस्य एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतले स्वागत गरे ।
पार्टीमा स्वागत गर्दै सुरेन्द्र यादवसहितका नेता तथा कार्यकर्ताहरुको प्रवेशले पार्टी थप सबल भएको सप्तरी ३ का उम्मेदवार अध्यक्ष यादवले बताए ।