• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमालेद्वारा सप्तरी १ मा बृहत मोटरसाइकल र्‍याली प्रदर्शन

एमालेद्वारा सप्तरी १ मा बृहत मोटरसाइकल र्‍याली प्रदर्शन
उत्तम आचार्य 
कन्चनरुप , १८ फागुन ।
चुनाव प्रचार प्रसारको अन्तिम दिन नेकपा एमालेले सप्तरी क्षेत्र नम्बर १ मा बृहत मोटरसाइकल र्याली निकाली शक्ति प्रदर्शन गरेको छ । आफ्ना उम्मेदवारको पक्षमा मत केन्द्रित गर्न एमाले सोमबार शक्ति प्रदर्शन गरेको हो ।
फत्तेपुरबाट निकालिएको बृहत मोटरसाइकल र्याली बलार्दह , भगनी , क्वाटर मलेठ , बलुवा , आदर्श टोल , कंचनपुर , बेरियर , रुपनगर , सिमरा , महुली , जण्डोल , सितापुर , चादनी चोक , बनौली , तिरहुत , पोर्ताहा , भारदह , हनुमाननगर , बदगामा , बरमझियाको विभिन्न भाग परिक्रमा गरि बरमझियामा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै एमालेको तर्फबाट १ नम्बर क्षेत्रका उम्मेदवार सुमनराज प्याकुरेलले समृद्धि, सुशासन , बिकासका लागि एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । अहिले संविधान कोमामा रहेको हुनाले संविधानको रक्षाको लागि एमालेको बहुमतको सरकार आवश्यक हुँदा आफुलाइ बिजयी गराउन आग्रह गरे ।
अहिलेको चुनाव देश बनाउने र देश जलाउनेको वीच भएको हुनाले देश र जनतको रक्षाको लागि पनि खुला दिलले संकोच नमानी एमालेको सुर्य चिन्हमा मतदान गर्न अनुरोध गरे ।
उनले र्यालीमा सहभागी सबैलाई धन्यवाद समेत दिए ।बृहत मोटरसाइकल र्यालिमा १५ सय मोटरसाइकल सहभागी रहेको एमालेका कन्चनरुप नगर कमिटीका सचिब केवल खत्रीले बताए ।