• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मलेकपुरका पुर्व अध्यक्ष यादव जसपा नेपालमा प्रवेश

मलेकपुरका पुर्व अध्यक्ष यादव जसपा नेपालमा प्रवेश
न्यूज टुडे
राजविराज,१८ फागुन ।  
तत्कालीन मलेकपुर गाबिसका अध्यक्ष सुरेन्द्र यादव जसपा नेपाल प्रवेश गरेका छन्। चुनाव प्रचारप्रसार कार्यक्रममा सोमबार यादवसहित दर्जनौं स्थानीय नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् । 
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई  फुलमाला अबिर गम्छा लगाएर पार्टी प्रवेश गराए।
नवप्रवेशी पूर्व गाविस अध्यक्ष यादवले  जसपा नेपाल मात्र मधेसी,आदिवासी जनजाति, मुश्लिम, थारु, दलित, अल्पसंख्यक समुदाय, महिला तथा गरिव विपन्नको हक अधिकार स्थापित गर्ने पार्टी भएको बताए । 
सप्तरी ३ मा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जस्ता विकासको सोच भएका र अधिकारका लागि लड्ने नेतृत्व पाउँदा खुशी लागेर संगै मिलेर क्षेत्र विकासमा योगदान दिन जसपा नेपाल प्रवेश गरेको बताए । 
जसपा अध्यक्ष बाहेक अन्य कुनैपनि राजनीति दलका नेताले मधेस र देशको भलो चिताउने अहिलेसम्म कसैलाई नदेखेको बताउँदै सप्तरीकै समग्र विकासका लागि जसपा उम्मेदवारहरुलाई भारी मतले विजयी गराउन आग्रह गरे ।