• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुपमा जनमत  परित्याग गरी यादवको नेतृत्वमा दर्जनौं एमाले प्रवेश 

कञ्चनरुपमा जनमत  परित्याग गरी यादवको नेतृत्वमा दर्जनौं एमाले प्रवेश 
उत्तम आचार्य 
कन्चनरुप , १८ फागुन ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा सोमबार विभिन्न पार्टी परित्याग गरि दर्जनौं  स्थानीय नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् ।  कन्चनरुप ८ का प्रभुलाल यादवको नेतृत्वमा ५५ जना जनमत पार्टी परित्याग  गरी नेकपा एमालेमा प्रवेश  गरेका  हुन् ।
सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार सुमनराज प्याकुरेलले अबिर टीका र गम्छा ओढाएर  स्वागत गर्दै उनीहरुलाई पार्टी प्रवेश गराएका छन् ।
 पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्याकुरेलले गरिव , किसान मजदुरको हितमा काम गर्ने पार्टी एमाले भएको र यो देशमा लोकप्रिय बिकासमुखी बजेट ल्याएर  जनताको मन जित्न सक्ने शक्तिनै एमाले भएकोले निर्धक्क भएर एमालेको सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन आग्रह गरे । उनले आफुले चुनाव जितेमा जनताको हित हुने गरि काम गर्ने र जनताको शिर झुक्न नदिने प्रतिबद्धता जाहेर गरे ।
नव प्रवेशी  यादवले  देशको हितमा काम गर्ने र जनतालाई माया गर्ने बिकास प्रेमी पार्टी  एमाले भएकोले आफू लगायत सम्पुर्ण साथीहरु एमालेमा प्रवेश गरेको बताए । उनले सबै उम्मेदवार मध्ये बिकासप्रेमी उम्मेदवार सुमनराज प्याकुरेल भएकोले आफू लगायत सम्पुर्ण पंक्ति एमालेमा प्रवेश गरेको बताए । 
कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको समेत  सहभागिता रहेको जनाएको छ ।