न्यूज टुडे
राजविराज,१७ फागुन ।
जनता समाजवादी पार्टी नेपालद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा आइतबार बृहत मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । जसपा नेपालका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार श्यामसुन्दर सरदारको नेतृत्व मोटरसाइकल र्याली प्रदर्शन गरेको हो ।
जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित र्यालीमा सहभागी उम्मेदवार सरदारलाई टोल तथा बस्तीमा स्थानीयबासीले माला, खदा लगाएर स्वागत गरेका थिए ।
सितापुर कलौनी स्थित पार्टी कार्यालयबाट निकालिएको र्याली चाँदनी बजार, चौफाल, विरेन्द्र बजार, सितापुर भूर्की, हरिहरपुर, मट्टीगढी, इटहर्वा हुँदै विशाल चौक पुगेका थिए ।
यसैगरी बेल्हा, प्रशवनी, मट्टीगढा, टेङ्री, बनौली, छ्पकी, जण्डोल, घोघिदहा बक्धुवा, भिमार, मोहनपुर,महुली, रतबला हुँदै बसन्तपुर पुगेर सम्पन्न भएको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रचारप्रसार समिति संयोजक एवम जसपा नेपाल अग्नीसाइर कृष्णासवन गाउँपालिका उपाध्यक्ष सूर्यमान तामाङले बताए ।
उक्त र्यालीमा जिल्ला समिति सदस्य मिलन कुमार चौधरी, प्रमान्न्द चौधरी, कल्पना कुमारी चौधरी, पूर्व जिल्ला समिति सदस्य रामदेव यादव, मोतिलाल चौधरीलगायतका स्थानीय अगुवा नेताकार्यकर्ताको सहभागिता रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का आचारसंहितामा अनुगमन समिति संयोजक राज कुमार यादवले जानकारी दिए ।